प्रस, वीरगंज, ११ माघ/

पर्सा जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरू र सोबाहेक टोलटोलमा सरस्वतीपूजाको तयारी जोडसोडका साथ चलिरहेको छ ।

माघ १२ गते बिहीवारका दिन सरस्वतीपूजा भएको र सोको तयारीका लागि बुधवारदेखि विद्यालयमा विद्यार्थीहरू तथा टोलटोलमा युवाहरू सक्रिय भएका छन् । वीरगंज र ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरूमा सरस्वतीको मूर्ति खरीद गरेर लग्ने, सजावट गर्ने कार्य भइरहेको छ । आज सजावट गरिने र भोलि सरस्वतीको मूर्तिको पूजा गरिनेछ ।

पूजाको लागि प्रसादको तयारी पनि आजदेखि शुरू छ । केही विद्यालयहरूमा शिक्ष्Fक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको सहकार्यमा चन्दा सङ्कलन गरिएको छ भने केही विद्यालयमा विद्यार्थीसँग चन्दा सङ्कलन गरेर सरस्वतीपूजा मनाइँदैछ । यसैगरी, केही विद्यालयका विद्यार्थीहरू सडकमा चन्दा सङ्कलन गरेर सरस्वतीपूजा मनाउँदैछन् । स्थानीय निकायले यसअघि सरस्वतीपूजाको लागि आआफ्नो पालिकाका विद्यालयलाई सहयोग गर्दै आएको थियो । यसपटक सरस्वतीपूजामा पालिकाले सहयोग नगरेको विद्यालयका शिक्षकहरूले बताएका छन् ।

धेरै विद्यालयमा विद्यार्थीहरूबाट रु एक सयदेखि पाँच सयसम्म चन्दा सङ्कलन गरिएको छ । ग्रFमीण क्षेत्रमा रु ५० देखि तीन सयसम्म र वीरगंज महानगरमा कक्ष्Fागतरूपमा सयदेखि रु पाँच सयसम्म चन्दा सङ्कलन गरिएको छ ।

वीरगंज महानगरपालिका शैक्षिक महाशाखाले मङ्गलवार विज्ञप्ति जारी गरी सरस्वतीपूजाको नाममा विद्यार्थीसँग चन्दा सङ्कलन नगर्न निर्देशन दिएको थियो । तर सरस्वतीपूजाको मुखमा दिइएको यो निर्देशनको पालना महानगरका कुनै पनि विद्यालयले गरेको देखिएन ।

प्याब्सन, पर्साका अध्यक्ष पुरन प्रधानले विज्ञप्ति जारी गरेर महानगरको पत्र हिजो ढिलो गरी प्राप्त भएको र यस वर्षको सरस्वतीपूजाको लागि सङ्कलित रकम खर्च भइसकेकाले निर्देशन पालना गर्न असमर्थता जनाएका छन् । उनले विद्यार्थीहरूबाट सङ्कलन गरिने रकम अपुग हुने गरेको र त्यसमा विद्यालयले थप गरी सरस्वतीपूजा मनाउँदै आएको बताए । परम्परागतरूपमा विद्यार्थीहरूले  सरस्वतीपूजा मनाउँदै आएकामा महानगरको निर्देशनपछि आगामी वर्षदेखि पूजा औपचारिकतामा मात्र सीमित गर्ने विज्ञप्तिमा उल्लेख छ । आगामी वर्षदेखि पूजा गर्ने र प्रसाद वितरण गरी औपचारिकता मात्र निभाउन निजी विद्यालयहरूलाई सक्रिय बनाउने उनले विज्ञप्तिमा प्रतिबद्धता जनाएका छन् ।

एक विद्यालयका शिक्षकले महानगरले सहयोग पनि नगर्ने र विद्यार्थी, शिक्षक, अभिभावकबाट चन्दा पनि सङ्कलन नगर्ने हो भने सरस्वतीपूजा कसरी मनाउने ? भनी प्रश्न गरे । परम्परादेखि विद्यार्थीहरूले उत्साहका साथ सरस्वतीपूजा मनाउँदै आएका छन् र उनीहरूको यो उत्साहलाई वीमनपाले कम गर्न नहुने उनको भनाइ थियो । विद्यार्थीसँग चन्दा नउठाउने हो भने महानगरले सहयोग गर्नुपर्ने उनले बताए ।

मूर्ति, प्रसाद, साजसजावटको लागि रकम आवश्यक हुन्छ र सो कार्यको लागि चन्दा सङ्कलन जरुरी भएको पनि उनले बताए । विद्यालयले सम्पूर्ण खर्च धान्न नसक्दा विद्यार्थीहरूसँग उचित रकम चन्दाको रूपमा लिने गरेको ती शिक्षकले बताए ।

पर्सा जिल्लाका धेरैजसो सामुदायिक तथा संस्थागत विद्यालयमा सरस्वतीपूजाको दिन प्रसाद वितरणका साथै पुडी, जिलेबी, खीर बनाएर भोज पनि गरिन्छ । यस वर्ष पनि धेरै विद्यालयका सो अनुसारको तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here