प्रस, पोखरिया, ८ माघ/

पोखरिया नगरपालिका–५ निवासी मङ्गल यादवले ३१ जना एकल महिला तथा दलितलाई कम्बल वितरण गरेका छन् ।

आइतवार एक कार्यक्रमबीच यादवले आफ्नै खर्चबाट गरीब, एकल महिलाहरूलाई कम्बल वितरण गरेका हुन् । चीसोबाट कसैलाई समस्या नहोस् भन्ने उद्देश्यले उनले कम्बल वितरण गरेको बताए । यादव सडक डिभिजन कार्यालयका कर्मचारी हुन् । कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, नेकपा एमालेका नगर अध्यक्ष विन्ध्याचल ठाकुर, गोवर्धन यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here