प्रस, वीरगंज, ८ माघ/

पिस फोर दलित फाउन्डेशन नेपाल, मधेस प्रदेश, पर्साको सहजीकरण तथा सहयोगी दाताहरूको सहयोगमा पर्सागढी नगरपालिका वडा नं ६ चैनपुरमा दलित बस्तीका प्रमोद पासवान हजराको घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

फाउन्डेशनको टोलीले दलित समुदायको अवस्था, अनुगमन तथा अनुसन्धान गरी दाताको सहयोगमा दलित परिवारको घर निर्माण गरेको फाउन्डेशनका मनोज रामले बताए । प्रमोदको घर सात महीनाअघि वर्षायाममा ढलेको थियो । त्यसपछि उनी ढलेकै घरमा बस्दै आइरहेका थिए । पत्नी, दुई छोरा र एक छोरी रहेको उनको आर्थिक अवस्था निकै कमजोर भएपछि दाताको सहयोगमा घर निर्माण गरिएको अध्यक्ष्F रामले बताए ।

विभिन्न दाताहरूको सहयोगबाट जम्मा भएको रु एक लाख चालीस हजार आर्थिक सहयोगमा घर निर्माण गरिएको फाउन्डेशनका अध्यक्ष रामले बताए ।  घर निर्माणपछि प्रमोदका परिवारले खुशी हुँदै संस्था र सहयोगी दातालाई धन्यवाद दिएको छ ।

पर्सागढी नगरपालिका वडा नं ६ का दलित महिला सदस्य कवितादेवी पासवानले घर हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा टोलका ज्येष्ठ नागरिक रामावतार हजरा दुसाद, फाउन्डेशनका सदस्य परमानन्द राम, सुरेन्द्र पासवान, अशोक राम, संजोग राम, मनोज पासवान, बिरजा पासवानलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here