टोकियो, ८ माघ/एएनआई

जापानका प्रधानमन्त्री फुमियों किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिएको सिएनएन समाचार समितिले जनाएको छ ।

किशिदाले यस कदमको नतीजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् ।   जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोना भाइरस सङ्क्रमित देखा पर्ने गरेको सिएनएनले जनाएको छ ।

जापानमा हाल कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ । यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौं स्थानमा राख्ने योजना बनाएको सिएनएनले जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

 “कोरोनासँग जीवन बिताउने प्रयासलाई अगाडि बढाउन र जापानलाई सामान्य अवस्थामा पु¥याउनको लागि हामी हालसम्मका विभिन्न नीति र उपायहरूलाई चरणबद्धरूपमा परिवर्तन गर्नेछौं,” किशिदाले भनेका छन् ।

गत वर्षको अक्टोबरमा जापानले गत वर्षदेखि बन्द रहेका आफ्ना सिमाना विदेशीका लागि पुनः खोलेको थियो । सिएनएनका अनुसार यसले विश्वको सबैभन्दा कडा सीमा नियन्त्रणको अन्त्य गरेको थियो ।

कोभिड–१९ बाट मृत्यु हुने वा अस्पताल भर्ना हुने जोखिम धेरैजसो मानिसहरूको उच्चस्तरको खोप र अघिल्लो सङ्क्रमणबाट जनसङ्ख्याको प्रतिरोधात्मक क्षमताका कारण धेरै कम भएको संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले जनाएको छ ।

अर्काेतर्फ, विश्व स्वास्थ्य सङ्गठनले अझै पनि कोभिडलाई महामारीको रूपमा गणना गर्दछ र आफ्नो पछिल्लो अपडेटमा कोभिड–१९ सँगको सम्पर्कमा आएका वा नजीकको सम्पर्कमा आएका मानिसहरूलाई मास्क लगाउन सिफारिश गरेको र भीडभाड, घेरिएको वा कमजोर भएका जोकोहीलाई पनि मास्क लगाउन सिफारिश गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here