प्रस, बिरुवागुठी, ६ माघ/

वीरगंज महानगरपालिका अन्तर्गतको भेडाहा खोला ठेक्का लागेसँगै  सञ्चालनमा आएको छ ।

कलैयाको अञ्जनी कन्स्ट्रक्शनले रु ७२ लाखमा ठेक्का लिएसँगै भेडाहा खोला सञ्चालनमा आएको हो ।

खोला ठेक्कामा लागेपछि अहिले पुर्जी काटेर गिट्टी, बालुवा, ढुङ्गाको निकासी शुरू भएको छ ।

भेडाहा खोला खुले तापनि पर्सागढी नगरपालिका अन्तर्गत रहेको सिङ्गाही खोला भने अझै सञ्चालनमा आउन सकेको छैन ।

पर्सागढी नगरपालिकाले सिङ्गाही खोला ठेक्कामा लगाउनका लागि वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेको छ तर ठेक्काको लागि टेन्डर आह्वान गरेको छैन ।

ठेक्का नलागेको कारण भेडाहा र सिङ्गाही खोलाको अवैध दोहन हुँदै आएको थियो । तस्करहरूले दुवै खोलाबाट अवैधरूपमा उत्खनन गर्दै आएका थिए । अहिले ठेक्का लागेपछि भेडाहा खोलाको अवैध उत्खनन राकिए पनि सिङ्गाही खोलाको भने अवैध उत्खनन जारी छ । प्रत्येक वर्ष सरकारले असार १ गतेदेखि वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्नका लागि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा रोक लगाउने गरेको छ ।

असोज १ गतेअगावै पालिकाहरूले नदीजन्य पदार्थको ठेक्का लगाउनुपर्नेमा वातावरणीय परीक्षण प्रतिवेदन, नदीमा पालिकाहरूको हकदाबी, भागीदारीका कुराले समयमा ठेक्का लाग्न सकेको छैन । यस वर्ष पनि पर्सा जिल्लाका सातवटा खोलामध्ये एकाधवटाको मात्र ठेक्का लाग्न सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here