बेइजिङ, १ माघ/सिन्ह्वा

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनलाई कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन भनेका छन् । उनले चिनियाँ स्वास्थ्य अधिकारीसँग शनिवार कुरा गर्दै सो कुरा बताएको समाचारमा जनाइएको छ ।

चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस आधनम ग्याब्रियसले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओइसँग कुरा गरेका हुन् ।

उनले दिएको जानकारी अनुसार विश्व स्वास्थ्य सङ्गठनका प्रबन्ध निर्देशक ग्याब्रियसले चीनमा पछिल्लो समय फैलिएको कोरोना भाइरसबारे विश्व स्वास्थ्य सङ्गठनका साथै बाहिरी विश्वलाई पनि सूचना उपलब्ध गराउन भनेका थिए । 

उता निर्देशक सियाओइले भने चीनले कोरोना भाइरस सङ्क्रमण शुरू भएदेखि नै कोरोनाबारे सूचना उपलब्ध गराउँदै आएको बताएका थिए ।

निर्देशक सियाओइले चीनले नै सबैभन्दा बढी कोरोनाको उपचार, यसको भाइरसका साथै अन्य उपचारसम्बन्धी सूचनाहरू शुरूदेखि नै उपलब्ध गराउँदै आएको जानकारी सो अवसरमा दिएका थिए ।

विश्व स्वास्थ्य सङ्गठन र अरू देशहरूले पछिल्लो समय चीनमा फैलिएको कोरोनाको सूचना उपलब्ध नगराएको आरोप लगाउँदै आएका छन् । चीनले भने सङ्क्रमणका विषयमा कुनै पनि सूचना नलुकाएको र सबै सूचना उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

त्यस अवसरमा चीनले विश्व स्वास्थ्य सङ्गठनसँग मिलेर काम गर्ने र यस विषयमा सूचनाका साथै उपचार व्यवस्था र अन्य प्राविधि विषयमा सूचना आदानप्रदान गर्ने सहमति भएको जनाएको छ ।

महानिर्देशक ग्याब्रियसले कोरोना भाइरस नियन्त्रणका लागि हुँदै आएको प्रयासका साथै यससम्बन्धी विविध प्राविधिक सूचना आदानप्रदान गर्दै आएकोमा चीनको प्रशंसा गर्दै आएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here