प्रस, ठोरी, २८ पुस/

वन तथा वातावरण संरक्षणमा तदारूकतासाथ क्रियाशील निर्मल मध्यवर्ती उपभोक्ता समितिले पछिल्लो समय संरक्षण शिक्षालाई पनि अघि बढाएको छ ।

समितिले विशेषगरी विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूमा सानै उमेरदेखि वातावरण संरक्षणमा चासो बढाउनका लागि इको क्लब गठनलाई प्राथमिकतामा राखेको छ ।

यसैबीच विद्यालय आउने बालबालिकामा संरक्षणसम्बन्धी चेतना जगाउन भित्तेलेखन कार्यक्रमसमेत गरिएको समितिका अध्यक्ष चीनबहादुर श्रेष्ठले बताए ।

समितिको कार्यक्षेत्रभित्र पर्ने ठोरी–४ मा रहेको माध्यमिक विद्यालय विजयबस्तीको पर्खालमा संरक्षणसम्बन्धी भित्तेलेखन गरिएको उनले जानकारी दिए । वन र वन्यजन्तुको संरक्षण गरौं, वन्यजन्तुको रक्षा, अमूल्य धनको सुरक्षा जस्ता विभिन्न चेतनामूलक नाराहरू भित्तामा लेखिएका थिए ।

यस्तै, विभिन्न जनावरहरूको चित्रसमेत कोरिएको अध्यक्ष श्रेष्ठले बताए ।

यसले विद्यार्थीमा संरक्षणप्रति जागरण बढ्ने उनले विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here