प्रस, वीरगंज, २८ पुस/
नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा कम्बल वितरण तथा निश्शुल्क स्वास्थ्य शिविर महागढीमाई नगरपालिकाको तेलकुवाँमा सम्पन्न भएको छ ।
नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सङ्घकी अध्यक्ष कुसुमलता सिंह, विशेष अतिथि नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख मकसाउद खाँ, उपप्रमुख तारा देवी, समाजसेवी रामबाबूप्रसाद यादव, वडाध्यक्ष्F अनिरुद्ध सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शिविरमा प्रFविधिक सहयोग वीरगंज हेल्थकेयर बहुअरी तथा औषधि सहयोग मधेस प्रदेश प्रहरी कार्यालयले गरेको थियो ।
कार्यक्रममा दलित, विपन्न वर्गका महिला तथा पुरुषहरूलाई पाँच सय थान कम्बल तथा एक हजारजना व्यक्तिलाई निश्शुल्क औषधि तथा स्वास्थ्योपचार गरिएको थियो ।
कार्यक्रममा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्री, वीरगंज हेल्थकेयरका अध्यक्ष डा अबुल हैस अन्सारीलगायतको सहभागिता थियो । कार्यक्रममा सहयोग गर्ने पालिका तथा समाजसेवी, सङ्घसंस्थाहरूलाई सम्मानपत्र प्रमुख अतिथि सिंहले वितरण गरेका थिए ।