लस एन्जल्स, २८ पुस/सिन्ह्वा

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

गत मङ्गलवारबाट सो आँधी शुरू भएको र बुधवार बिहानसम्म ज्यान जानेको सङ्ख्या १७ पुगेको बताइएको छ ।

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको शहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरूमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरूले जानकारी दिएका छन् ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरूले आँधीका कारण केही वर्षयताकै ठूलो क्षति भएको जनाएका छन् । उनीहरूले सडक भत्किएका र यहाँका बिजुली तथा ग्याँसका पाइपसम्बन्धी संरचनाहरूमा क्षति पुगेको छ ।

मौसम पूर्वानुमान शाखाका अधिकारीहरूले आँधीको सम्भावना रहेकाले घर बाहिर ननिस्कन सर्वसाधारणहरूलाई सूचना जारी गरेका छन् । यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन् ।

यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ । सो क्षेत्रका हजारौं मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ । तर आँधी निरन्तर रहेकाले उनीहरूको उद्धारमा पनि कठिनाइ उत्पन्न भएको बताइएको छ ।

सो राज्यमा सङ्कटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरू केही दिनसम्म रहन सक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ । यहाँ चीसो मौसममा पनि यस्तो आँधी आउने गर्दछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here