प्रस, वीरगंज, २७ पुस/
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले राष्ट्रपिता पृथ्वीनारायण शाहप्रति सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले बुधवार घण्टाघरमा आयोजना गरेको कार्यक्रममा उनले पृथ्वीनारायण शाहको योगदान र दिव्य उपदेश बिर्सन नहुने बताए ।
समाजसेवी पशुपति विक्रम शाहले छरिएर रहेका नेपाललाई पृथ्वीनारायण शाहले एकसूत्रमा बाँधेकाले उनको योगदान बिर्सिन नसकिने बताए ।
नागरिक सङ्घर्ष समितिका उपाध्यक्ष हीराबहादुर चन्दले राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले बिदा दिएकोमा धन्यवाद दिए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले राष्ट्रपिताप्रति सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।
मञ्च नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दू युवा सङ्घ नेपालका अध्यक्ष राजेश सिंह, समाजसेवी उषा शाहलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मञ्च नारायणीका केन्द्रीय संयोजक सोमविक्रम सिंह, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाह, सशस्त्र प्रहरी बल १३ नं गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय, पर्साका ललित चौधरी, वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, श्रीपुरका डिल्लीराम सापकोटालगायतले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा ५० जना महिला/ पुरुषहरूलाई कम्बल वितरण गरिएको थियो । कार्यक्रममा स्वागत महेशचन्द्र गौतम र सहजीकरण वीरेन्द्र साहले गरेका थिए ।
यसैगरी, नेपाल राष्ट्रवाद सङ्घ, वीरगंजले राष्ट्रनायक पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजमा ¥याली प्रदर्शन गरेको छ । नगर परिक्रमापछि घण्टाघरमा आयोजित कोणसभामा केन्द्रीय अध्यक्ष्F जनकलाल साह, पर्सा अध्यक्ष्F सङ्गीतादेवी साह, उमाशङ्करप्रसाद कलवार, राजेन्द्र पाल, बजरङ्गी साह, पृथ्वी झा, राधाकृष्णप्रसाद चौहानलगायतले मन्तव्य राखेका थिए ।
यसैगरी, राप्रपा नेपालले पनि राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजमा ¥याली प्रदर्शन गरी नगरपरिक्रमा गरेको थियो ।
पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण एवं कम्बल वितरण
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०१औं जयन्ती एवं राष्ट्रिय एकता दिवस वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
दिवसको अवसरमा राष्ट्रिय सरोकार मञ्च नेपाल, नारायणीले घण्टाघरमा माल्यार्पण कार्यक्रम गरेको थियो । कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरेका थिए । उनले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै राष्ट्रपिता भएको र उनको सम्मानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले बडामहाराजाधिराजको दिव्योपदेश नेपालीहरूले बिर्सन नहुने जिकिर गरे । समाजसेवी पशुपति विक्रम शाहले राष्ट्र विखण्डनमा परेको अवस्थामा पनि देशका जनताले बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई कहिले बिर्सन नसक्ने बताए । नागरिक सङ्घर्ष समितिका उपाध्यक्ष हीराबहादुर चन्दले लामो समयपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिइएकोमा खुशी व्यक्त गरे ।
वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले राष्ट्रपिता पृथ्वीनारायण शाहको सम्मान गर्नुपर्ने बताए । उनले नेपालको एकीकरणमा उनको योगदानलाई बिर्सन नसक्ने बताए । राष्ट्रिय सरोकार मञ्च नेपाल, नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा हिन्दू युवा सङ्घ नेपालका अध्यक्ष राजेश सिंह, समाजसेवी उषा शाहलगायतले पृथ्वीनारायण शाहको जीवनीबारे चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सरोकार मञ्च नेपाल, नारायणीका केन्द्रीय संयोजक सोम विक्रम सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका ललित चौधरीलगायतको सहभागिता थियो ।
कार्यक्रममा ५० जना महिला तथा पुरुषलाई कम्बल वितरण गरिएको थियो । कार्यक्रममा महेशचन्द्र गौतमले स्वागत र वीरेन्द्र साहले सहजीकरण गरेका थिए ।
यसैगरी, बडामहाराजाधिराज शाहको जन्मजयन्तीको अवसरमा नेपाल राष्ट्रवाद सङ्घ, पर्साले घण्टाघरबाट शुभकामना ¥याली निकालेको थियो । नगरपरिक्रमा गरी ¥याली घण्टाघरमा कोणसभामा परिणत भयो । कोणसभामा जिल्ला अध्यक्ष सङ्गीतादेवी साह, उमाशङ्करप्रसाद कलवार, राजेन्द्र पाल, बजरङ्गी साह, पृथ्वी साह, सन्तोष गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी, राष्ट्रभक्त देशभक्त समूहले बडामहाराजाधिराज शाहको जन्मजयन्तीको अवसरमा महावीरस्थानमा कार्यक्रम गरेको थियो ।
समूहका अध्यक्ष्F दीपेन्द्र रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजकिशोर चौबे, जिल्लाध्यक्ष सतीश श्रीवास्तव, जिविस, पर्साका पूर्वसभापति शम्भु चौरसिया, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, हीराबहादुर चन्द, सतार अन्सारी, वीरेन्द्र थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।