बेइजिङ, २४ पुस/सिन्ह्वा

चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लागाउन जोड दिएको छ । चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रणसम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

समाचार अनुसार चीन सरकारले हाल त्यहाँ विस्तारित सङ्क्रमण नियन्त्रण गर्न बुस्टरकै दोस्रो मात्रा लगाउन तथा सबै व्यक्तिले व्यक्तिगत सुरक्षा मापदण्ड पूरा गर्न जनाइएको छ ।

प्रोटोकल अनुसार यहाँको कोभिड नियन्त्रणसम्बन्धी निकायले बढी उमेरका नागरिकलाई यस कार्यका लागि बढी मात्रामा जोड दिएको छ । सो उमेरका नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकाहरूलाई पनि दोस्रो मात्रा दिइनुपर्ने सो विभागले जनाएको छ ।

यसका साथै हरेक व्यक्तिले आफ्नो सुरक्षातर्फ आफैं सतर्क र सजग हुन पनि जोड दिइएको सो समाचारमा जनाइएको छ । सो प्रोटोकल अनुसार यहाँका स्वास्थ्य अधिकारीहरूले अब कोरोनाविरुद्ध खोप नलगाएका मानिसको खोजी गरी खोप लगाउने र यदि पहिलो मात्राको बुस्टर खोप लगाएका व्यक्ति छन् भने उनीहरूलाई पनि खोप लगाएको छ महीनापछि अर्काे मात्रा लगाइने जनाएका छन् ।

त्यसैगरी, व्यक्तिगतरूपमा महामारी नियन्त्रणका लागि व्यक्तिले पनि पहल गर्नुपर्ने र यसका लागि उनीहरूले अनिवार्य मात्रामा मास्क लगाउनुपर्ने तथा हात धुने या स्वच्छ–सफा रहन जोड दिइएको        छ । पछिल्ला केही दिनयता चीनमा व्यापक मात्रामा कोरोना सङ्क्रमित बढिरहेका बताइएको छ । त्यसपछि चीन सरकारले यो नयाँ स्वास्थ्य प्रोटोकल जारी गरेको जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here