प्रस, वीरगंज, २३ पुस/

चीसो बढेसँगै विद्यालयहरूले बिदा बढाएका छन् ।

पुस १८ गतेदेखि शुरू भएको शीतलहरसँगै पर्सा जिल्लाका विद्यालयहरू पुस २३ गतेसम्मको लागि बन्द गरिएका थिए । तर यो अवधिमा चीसो कम नभएको र शीतलहर जारी रहेको कारण जगरनाथपुर, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, विन्ध्यवासिनी गाउँपालिका र पोखरिया नगरपालिकाले सामुदायिक विद्यालयहरूको बिदा बढाएका छन् । जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाले पुस २७ गते बुधवारसम्मको लागि बिदा दिएका छन् ।

यसैगरी, विन्ध्यवासिनी गापाले माघ २ गतेसम्मको लागि बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here