प्रस, पर्सागढी, २१ पुस/
चीसो बढेसँगै पर्सामा वनजङ्गलको फँडानी बढेको छ ।
चीसोमा सबैभन्दा बढी वनजङ्गलको क्षति हुने गरेको छ ।
चीसोका कारण ज्याला मजदूरी गर्नेहरूले काम नपाउने, विद्यालयहरू बन्द भएर बालबालिकाहरू घरमा बस्ने र घरमा रहेका महिला, पुरुषहरू पनि चीसोबाट जोगिन दाउरा कटान गर्न वनजङ्गल पस्ने गर्छन् ।
चीसो मौसमको फाइदा उठाउँदै तस्करहरू पनि वन पँmडानीमा सक्रिय हुने गरेका छन् । घरायसी प्रयोजनका लागि वनकर्मीहरू अलि उदार हुने गरेका कारण यसको बढी फाइदा तस्करहरूले लिने गरेका छन् ।
अहिले वनजङ्गल क्षेत्रका मानिसहरू घरायसी प्रयोजनका लागि दाउरा सङ्कलन गर्न, चौपाया पशुका लागि रूखको हाँगा लिनका लागि वनजङ्गल पस्ने गरेका छन् । चीसोमा वन गस्ती पनि कम हुने भएकोले तस्करहरू अहिले बढी सक्रिय भएको स्थानीयले बताए ।