काठमाडौं, २१ पुस/रासस

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुर, पोखरा एभेन्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जीतसँगै जनकपुर अङ्कतालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छमा जीत तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्कतालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।

प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान नौ खेल खेलेको लुम्बिनीले आठ खेलमा जीत र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ ।

आजको खेलमा पोखराले जनकपुरलाई जीतका लागि ६९ रनको चुनौती दिएको थियो । जवाफमा जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जीतमा सर्फुद्दीन अशरफले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे । त्यस्तै, पवन सरार्फले चार रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान एक/एक रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले तीन विकेट लिए भने असिथा फर्नान्डोले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको पोखरा १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो ।

पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६/१६ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पोखरालाई कम योगफलमा समेट्ने क्रममा जनकपुरका सोमपाल कामी एक्लैले तीन विकेट लिए भने ललित राजवंशी र सर्फुद्दीन अशरफले समान दुई/दुई विकेट लिए । त्यस्तै, पवन सर्राफ, ट्रभोन ग्रिफिथ र जीतेन्द्र मुखियाले समान एक/एक विकेट झारे । यससँगै नौ खेल खेलेको पोखराले तीनमा जीत तथा छ खेलमा हार बेहो¥यो । छ अङ्क बटुलेको पोखरा अङ्कतालिकाको पाँचFैं स्थानमा छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here