चीनले वातावरणमैत्री हाइड्रोजन रेलको शुरूआत गरेको छ । हाइड्रोजन रेल चलाउने चीन एशियाको पहिलो देश हो । प्रदूषणमुक्त यस रेलका थुप्रै विशेषता छन् । एकपटक हाइड्रोजन इन्धन भरेपछि यो रेल सजिलै कमसेकम छ सय किलोमिटरको यात्रा गर्न सक्षम हुन्छ ।

चीनको शहरी रेलवेको लागि एशियाको पहिलो हाइड्रोजन सञ्चालित रेलको गति भारतको शताब्दी र राजधानी एक्सप्रेस रेलसरह हुनेछ । यो रेल १६० किलोमिटर प्रतिघण्टाको गतिले ट्र्याकमा दौडिन्छ । चीनको सिआरआरसी कर्पोरेशन लिमिटेडले देशको पहिलो अर्बन हाइड्रोजन रेल सञ्चालन गरेको हो । हाइड्रोजन इन्धनबाट चल्ने यो रेल एशियाको पहिलो रेल हो भने विश्वकै दोस्रFे रेल हो । यसभन्दा पहिले जर्मनीले संसारको पहिलो हाइड्रोजन रेल शुरू गरेको थियो ।

रेललाई फक्सिङ हाइ–स्पीड प्लेटफर्मको आधारमा विकसित गरिएको छ । चीनमा हाइड्रोजन ट्रामको प्रोडक्शनको काम सन् २०१० मा शुरू भएको थियो । सिआरआरसीले सन् २०२१ मा शटिङ लोकोमोटिभ पनि शुरू गरेको थियो । यस रेलमा मोनिटरिङ सेन्सर, फाइभजी डाटा ट्रान्समिशन इक्विपमेन्ट्स छ । हाइड्रोजन रेल चलेपछि हरेक वर्ष कमसेकम १० टन डिजेल र कार्बन डाइआक्साइड इमिशन कम हुनेछ । रेल पूर्णरूपमा वातावरणमैत्री छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here