यतिबेला बजारमा थरीथरीको हरियो सागपात बेक्रिभइरहेको छ । हामी कुनै तरकारी काटेर धुन्छौं भने कुनै तरकारीलाई धोएर काट्छौं । तरकारीमा थुप्रै प्रकारका हानिकारक कीटनाशक औषधि छर्किएको हुन्छ । मौसममा पाइने तरकारी हामीले सेवन गर्नुपर्छ । बोक्रासहित तरकारी खाने प्रयास गर्नुपर्छ किनभने यसमा हुने फाइबरले कब्ज हटाउँछ ।
आजभोलि बजारमा पाइने तरकारीमा विभिन्न किसिमको हानिकारक कीटनाशक छर्किएको हुन्छ । यसैले काट्नुभन्दा पहिले तरकारीलाई पाँच मिनेटसम्म तातो पानीमा डुबाएर राम्ररी धुनुपर्छ । जाडोमा पाइने पालक, तोरी, बथुवा, सोया, मेथी, चम्सुर, गाजर, मूला आदिलाई काटेर धुनुहुँदैन किनभने यसमा मौजुद पोषक तत्व पानीको साथमा जान्छ । यसैले काट्नुभन्दा अघि राम्ररी धुनुपर्छ । हरियो तरकारीलाई धेरै समयसम्म पकाउनु हुँदैन, यसो गर्दा त्यसमा रहेको मिनरल्स नष्ट हुन्छ । तर गाजरलाई धेरै बेरसम्म पकाउँदा त्यसमा मौजुद पोषक तत्व लाइकोपिनको मात्रा बढ्छ । उसिनेको आलु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।
भनिन्छ तरकारीलाई जति मसिनो काट्यो त्यति त्यसको पोषक तत्व कम हुन्छ । पकाउनुभन्दा एक दुई घण्टा पहिले तरकारी काट्नुपर्छ वा मसिनो गरेर तरकारी काट्नुहुन्छ भने यसको स्वाद हराउँछ । त्यस्तै मसिनोगरी काटेको तरकारी तुरून्तै पकाउनुपर्छ ।