नरेश यादव, पर्सागढी, १४ पुस/

पर्सागढी नगरपालिकामा लगाइएको मकैबालीमा ब्लास्ट रोग देखा परेको किसानहरूले बताएका छन् ।

मकैको बिरुवा शुरूमा रातो हुने र त्यसपछि कुहिन थालेको किसान शिव पासवानले बताए । उनले ब्लास्ट रोग पर्सागढी नगरपालिकामा पहिलोपटक लागेको बताए ।

यसअघि यो रोग यो क्ष्Fेत्रमा नदेखिएको भन्दै उनले यसको समयमा उपचार गर्न आग्रह गरेका छन् ।

किसान पासवानले मलको कारण ब्लास्ट रोग लागेको अनुमान गरे । मल पाएको अवस्थामा बढी प्रयोग भइरहेकोले यो समस्या आएको उनको अनुमान छ ।

पर्सागढी नपा कृषि शाखा प्रमुख राजकुमार खत्रीले पानीको समस्याका कारण यो रोग लागेको बताए । मकैबालीमा बढी सिंचाइको आवश्यकता नभएको र जाडो मौसम शुरू भएपछि किसानहरूले मकै लगाएकाले पनि यो रोग लागेको बताए । जाडोयाममा माटो चीसो हुने र सोमा किसानहरूले थप सिंचाइ गर्दा खेतमा पानी जमेर यो समस्या आएको हुन सक्ने बताए । यसको समाधानको लागि उनले डाइथिनियम ४५ र ढुसीनाशक प्रयोग गर्न सल्लाह दिएका छन् । उनले यो औषधि प्रयोग गरेको एक दिनपछि थोरै मात्रामा युरिया मल प्रयोग गर्न किसानहरूलाई सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here