प्रस, वीरगंज, १० पुस/
वीरगंज महानगरपालिकाले रजतजयन्तीचोकदेखि बाइपास सडक क्षेत्रको सडकपेटीमा राखिका निर्माण सामग्री तथा संरचना हटाएको छ ।
आइतवार बिहान नगरप्रमुख राजेशमान सिंह सो स्थानमा पुगेर सडकपेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन लगाएका थिए ।
सडकछेउ, फूटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री थुपार्ने, ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदलयात्रीलाई आवागमनमा समस्या भएकोले महानगरले फूटपाथ अतिक्रमणमुक्त अभियान शुरू गरेको नगरप्रमुख सिंहले बताए । त्यसैगरी, अव्यवस्थित पार्किङ हटाउन महानगरले बजार क्षेत्रका विभिन्न स्थानमा निश्चित पार्किड्ढो व्यवस्था मिलाएको उनले बताए ।
फलफूल बजार र ठेला व्यवसायलाई पनि व्यवस्थित गर्न महानगरले काम अघि बढाएको छ । फूटपाथ अतिक्रमण गरेर राखिएको बालुवा, गिट्टी र अन्य निर्माण सामग्री हटाइएका छन् ।
यसैगरी, वीरगंजलाई हराभरा र सुन्दर बनाउन पनि अभियान शुरू गरिएको महानगरका सरसफाइ तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतानले बताए । अतिक्रमण हटाउन महानगरपालिकाका सरसफाइ प्रमुख सरफुद्दीन मियाँँ, नगरप्रहरी प्रमुख हरि भुसाललगायतले सहयोग गरेका थिए ।