प्रस, सेढवा, ३ पुस/

पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गतका वनबाट आएका जङ्गली जनावरहरूले बालीमा क्षति पु¥याइरहेको स्थानीय किसानहरूले गुनासो गरेका छन् ।

ठोरी गाउँपालिका–५ को  गडुवालाइन, क्षत्रीलाइन, छिरिङलाइन, जीराभवानी गापा अन्तर्गतको  शान्तिनगर, भवानीपुर, काठमाडौंटोल, वसन्तपुर, हरैया, सखुवनियालगायतका किसानहरूले आफूहरूले लगाएको  हिउँदे बालीलाई जङ्गली जनावरले क्षति पु¥याउँदै आएको गुनासो गरेका छन् ।

जङ्गली मयूर, घोडगदहा, बँदेल, हरिण, नीलगाईलगायतका जनावरले गहुँबाली, तोरी, आलुबाली खाने गरेको र आउने–जाने क्रममा बालीलाई  माडेर नष्ट पार्दै आएको किसानहरूले गुनासो गरे ।

जीराभवानी गापा–५ हरैया निवासी किसान कुशल घिमिरले प्रत्येक वर्ष हिउँदेबाली रोप्ने गरेको तर भिœयाउन नपाएको बताए । उनले आलु रोप्दै आएको तर जङ्गली बँदेलले खाइदिने गरेको दुःखेसो पोखे । जीराभवानी गापा–१ शान्तिनगर निवासी किसान रामशरण लामिछानेका अनुसार बारीमा रातभरि जङ्गली जनावरहरूले उत्पात मचाएको बताए । जङ्गली जनावरले खानेभन्दा बढी बालीलाई माडेर क्षति पु¥याउँदै आएको बताए । किसान लामिछानेले दर्जनौंको सङ्ख्यामा मयूर र जङ्गली कुखुराको बथानले उम्रेको गहुँको टुसा खाने गरेको बताए ।

किसानहरूले जङ्गली जनावर नियन्त्रणका लागि जडान गरिएको विद्युतीय तारबार बिग्रिएकोले पनि जङ्गली जनावरहरू आएर बालीनाली क्षति पार्दै आएको गुनासो गरेका छन् । उनीहरूले वर्षभरिका लागि गरिने खेतीपातीलाई जङ्गली जनावरहरूले नष्ट गर्दै आएकामा आरक्ष, वन र स्थानीय तहले अविलम्ब यसबारेमा निर्णय लिएर कार्य गर्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here