काठमाडौं, २४ मङ्सिर/

फिफा विश्वकप फूटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहास्थित अल थुमा रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १–० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् ।

मोरक्कोका लागि खेलको ४२औं मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अतिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

मोरक्कोले सेमिफाइनलमा आजै राति १२ः४५ बजे हुने फ्रान्स र इङ्ग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here