प्रस, वीरगंज, २४ मङ्सिर/

गौतम माविले शनिवार विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ ।

बढ्दै गएको विज्ञानको महŒव तथा  विद्यार्थीलाई सचेत बनाउन विद्यार्थीहरूको कला, प्रतिभा र क्षमतालाई उजागर गर्नका निमित्त विज्ञान प्रदर्शनी आयोजना गरिएको सो विद्यालयले जनाएको छ ।

प्रदर्शनीमा रोबट, सेन्सर लाइट, सेन्सर हर्न, रसायन विज्ञान, जीव विज्ञान, ज्योतिषशास्त्रलगायत ७० वटाभन्दा बढी सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।

विज्ञान प्रदर्शनीमा नगरप्रमुख राजेशमान सिंहले विद्यालयको वर्गीकरणले शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने  बताए । निजी विद्यालयहरूको मनोमानी तरीकाले शुल्क उठाउने प्रवृत्ति बढेको र अबदेखि महानगरले तोकेको दायराभित्र रहेर मात्रै शुल्क लिन पाउने उनले बताए ।   

विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा रहेको प्रतिभा उजागर गरेको नगरप्रमुख सिंहले बताए । 

गौतम माविका सञ्चालक सोनम लामाको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीरगंज महानगरपालिका वडा नं १३ का अध्यक्ष हीरा गिरी, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, मधु राणालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here