नितेश कर्ण, वीरगंज, २२ मङ्सिर/

मानव बेचबिखनविरोधी एकाइ सेक्टर हेडक्वार्टर रक्सौलले दुईजना नेपाली युवतीको उद्धार गरेको छ । एकाइका महिला हवल्दार निक्की कुमारी र अमृता कुमारीले रक्सौल भन्सार नजीकै भारत, पञ्जाबको लुधियानामा कपडा कारखानामा काम लगाई २५ हजार पारिश्रमिक दिने भनी ललाई फकाई लैजाँदै गरेको अवस्थामा निजहरूको उद्धार गरिएको सेक्टरका इन्स्पेक्टर मनोज शर्माले बताए ।

उनले दुई युवती काठमाडौंबाट आएका र उनीहरूलाई ललाइफकाई लगिएको देखेपछि आफूले नेपालको एनजिओसँग सम्पर्क गरेको बताए । पञ्जाबको लुधियानामा काम गर्ने भनिएका कपडा कारखानाका मानिसलाई बोलाउँदा उनले मजदूरको रूपमा लग्न लागेको बताए पनि परिवारका सदस्यहरूसँग बुझ्दा दुवै युवती घरमा खबर नगरी आएका र उनीहरूलाई पञ्जाब नपठाउन आग्रह गरिएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here