प्रस, वीरगंज, २२ मङ्सिर/
वडा प्रहरी कार्यालय, बिर्तामा आज बसेको बैठकले वीरगंजमा ट्राफिक व्यवस्थापनसम्बन्धी निर्णय गरेको छ । विभिन्न सामुदायिक संस्थाहरू, सरोकारवाला निकाय, जनप्रतिनिधिहरूको सहभागितामा वप्रका बिर्तामा बसेको बैठकले चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी साधन, मालपोत कार्यालय अगाडिको खाली जग्गामा पार्किङ गर्ने, हजारीमल ट्रस्टको प्राङ्गण, पुरानो बसपार्क, गीता मन्दिरको खाली जग्गा, विपी उद्यानको खाली जग्गामा पार्किङ गर्ने निर्णय गरिएको छ ।
महानगरको घण्टाघरदेखि बिर्ता र लिङ्करोडसम्मको क्षेत्रमा २४ घण्टा सवारी पार्किङ निषेध गर्ने निर्णय गरिएको छ ।
यसैगरी सार्वजनिक नाला अतिक्रमण हटाउने र तोकिएको ठाउँमा मात्र फोहर फाल्ने तथा फूटपाथ, सडकमा राखिएका पसलहरू हटाउने निर्णय भएको छ । सुरक्षित र तोकिएको ठाउँमा मात्र पार्किङ गर्न नगरवासीसँग अनुरोध गरेको छ । बैठक वप्रका बिर्ताका प्रनि विशाल मल्ल र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रनि धु्रवप्रसाद दाहालको संयुक्त अध्यक्षतामा बसेको थियो ।
बैठकमा सामुदायिक सेवा केन्द्र ग्रीन सिटीका जयप्रकाश खेतान, छपकैयामा ग्यासुद्दीन ठकुराई, वीरगंज युवा समाजका कमल चौगाई, विक्की सर्राफ, नगरप्रहरीका प्रनि हरि भुसाल, वडाध्यक्षहरू जगतसाह कानू, बैजुलाल स्वर्णकारलगायतको सहभागिता थियो ।