प्रस, वीरगंज, १४ मङ्सिर/

वीरगंज महानगरपालिकाले साउनदेखि मङ्सिर १३ गतेसम्म १५ करोड ९७ लाख ४७ हजार राजस्व सङ्कलन गरेको छ ।

राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले सम्पत्तिकरबाट रु पाँच करोड ९६ लाख ९८ हजार, भूमिकर/मालपोतबाट तीन करोड ८४ लाख ५८ हजार, घरबहाल करबाट दुई करोड ११ लाख ९४ हजार, सवारीसाधन कर (साना सवारी)बाट रु १२ लाख सात हजार, पूर्वाधार सेवा उपभोगमा लाग्ने करबाट रु सात हजार, विज्ञापन करबाट रु १७ लाख ८८ हजार, व्यवसाय रजिस्टे«शन दस्तुरबाट ९९ लाख ६१ हजार, अखेटोपहार करबाट दुई करोड २१ लाख ४० हजार, सरकारी सम्पत्ति बहालकरबाट ६९ लाख ९९ हजार, अन्य सेवा शुल्कबाट एक करोड ८३ लाख २३ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट चार लाख ७३ हजार सङ्कलन भएको बताए ।

यसैगरी, मनपाले नक्शापासबाट एक करोड १२ लाख नौ हजार, सिफारिशबाट ५३ लाख ३६ हजार, व्यक्तिगत घटना दर्ताकरबाट ११ लाख ७० हजार, नाता प्रमाणितबाट चार लाख ६७ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ११ लाख २० हजार र यो अवधिमा बेरुजू छ लाख ६१ हजार सङ्कलन भएकोसमेत गरेर साउनदेखि मङ्सिर १३ गतेसम्म १५ करोड ९७ लाख ४७ हजार राजस्व सङ्कलन भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here