बलिराम शुक्ला, बिरुवागुठी, ११ मङ्सिर/

बहुदरमाई नगरपालिका–५ बर्वा गाउँस्थित मनकामना प्राविको कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गर्दा लाखौं मूल्य बराबरको क्षति भएको छ ।

राति करीब १ बजे अज्ञात समूहले कार्यालयको ताला फोडी आगजनी गर्दा कम्प्युटर तीन थान, प्रिन्टर एक थान र कार्यालयमा रहेको पाठ्यपुस्तक जलेर नष्ट भएको छ । यसैगरी, चोरले  विद्यालयमा रहेको ३२ इन्चको एलइडी टेलिभिजन चोरेर लगेको छ । चोरहरूले करीब सात लाख बराबरको क्षति पु¥याएको प्रधानाध्यापक देवचनप्रसाद यादवले बताए ।

आगलागी भएको स्थानीयले थाहा पाएपछि निभाएका थिए । इलाका प्रहरी कार्यालय, पोखरियाले घटनामा संलग्नहरूको खोजी भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here