प्रस, वीरगंज, ११ मङ्सिर/
छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित रक्तदान कार्यक्रममा १३ जना महिलासहित ५६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
रश्मी खनाल, सुनीता कार्की, सोनु दाहाल, सुनीता योञ्जन, नानु गुरुङ, राजेश चौधरी, श्रीराम साह कानू, सुरेश अर्याल, विशाल खरेल, कुमार तिमल्सिना, जीतेन्द्रप्रसाद पौडेल, लक्ष्मण क्षत्री, सञ्जय दास थारू, जयकिशोर सहनी, अमित चौधरीलगायतले रक्तदान गरेका थिए ।
यसैबीच, रक्तसञ्चार केन्द्र, वीरगंजमा अहिले रगतको अभाव रहेको प्रFविधिक प्रमुख पाण्डेले बताए । उनले दशैंदेखि छठसम्म चाडपर्व परेको र त्यसपछि चुनावका कारण रक्तदान कार्यक्रम प्रभावित भएकोले वीरगंजमा रगतको अभाव भएको बताए । रगतको अभाव हुन नदिन उनले रक्तदान गर्दै आएका सङ्घसंस्थाहरूलाई रक्तदान कार्यक्रम गर्न आग्रह गरेका छन् । केन्द्रमा दैनिक ७० पिन्ट रगत आवश्यक पर्ने बताउँदै अहिले सोधभर्नाको माध्यमबाट मात्र रगतको आपूर्ति हुँदै आएको उनले जानकारी गराए ।