प्रस, रौतहट, ८ मङ्सिर/

गौरमा गएराति विद्युत् सर्ट भई आगलागी हुँदा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

गौर नगरपालिका–१ माईस्थानचोकस्थित इस्लाम सिरक डसना पसलमा गएराति आगलागी हुँदा घरमा सुतिरहेका तीनजना बालबालिकाको जलेर मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

आगलागीमा पसल सञ्चालक महमद इस्लामकी नौ वर्षीया छोरी रूक्साना खातुन, सात वर्षका छोरा इमरान मन्सुरी, पाँच वर्षीया छोरी सबिना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । त्यसैगरी, आगलागीमा २५ वर्षीय महमद इस्माइल, २४ वर्षीया नसिमा खातुन र आठ वर्षीय बालक इमरान घाइते भएका छन् ।

प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत् सर्ट भएपछि आगलागी भएको थियो । सिरक डसनाको पसलमा आगो सल्किएको थियो । आगो पैmलिएर मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।

आगलागीमा परी घरवारविहीन भएका दुई परिवारलाई आरडिसी नेपालले तत्काल राहतस्वरूप करीब एक लाखबराबरको ७० थान जस्तापाता सहयोग गरेको छ । आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उनले थप सहयोग जुटाउन पहल अगाडि बढाएको र तत्काल उक्त सहयोग गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here