प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको सम्पन्न निर्वाचनमा भएको दलीय गठबन्धनमा केही दललाई फाप र केही दललाई अफाप देखिएको छ । दुई गठबन्धनमध्ये नेपाली काङ्ग्रेस नेतृत्वको सत्तापक्षीय गठबन्धनमा नेपाली काङ्ग्रेस र नेकपा (एकीकृत समाजवादी)लाई गठबन्धन फापेको देखियो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ७३ सिटसम्मको गणना हुँदा सबैभन्दा बढी फाइदा नेकपा (एस)लाई देखिएको छ । त्यसपछि नेपाली काङ्ग्रेसलाई गठबन्धन फाप्यो । समानुपातिकतर्फको मतगणना भइरहँदा दलले पाएको मत अनुसार नेकपा (एस)को जनाधार सोचेभन्दा कमजोर देखिएको छ । यद्यपि प्रत्यक्षतर्फको निर्वाचनमा उसले राम्रै सिट जित्दैछ । समानुपातिकतर्फ ४० हजार ६७८ मत नेकपा (एस)ले प्राप्त गर्दा उसले प्रत्यक्षतर्फ सात सिट जित्यो । सोही गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ दुई लाख ७८ हजार ६२ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ नौ सिट मात्रै जितेको छ । नेपाली काङ्ग्रेसले समानुपातिकतर्फ पाँच लाख ७२ हजार ६९८ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ ३२ सिट जितेको छ । सो तुलनामा प्रमुख प्रतिपक्ष्F दल नेकपा एमालेले छ लाख ३८ हजार आठ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ २० सिट मात्रै जितेको छ । यो आधारमा दाँज्दा नेपाली काङ्ग्रेसलाई पनि गठबन्धन फापेको हो ।
सत्तापक्षीय गठबन्धन नेकपा माओवादीलाई फापेन । त्यसैगरी, टुटफुटको राजनीतिका कारण लोसपालाई पनि अपेक्षित जनमत नआउनु स्वाभाविक हो । उसले समानुपातिकतर्फ ३३ हजार ३४६ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ दुई सिट हात पार्न सफल भएको छ । प्रतिपक्षी गठबन्धनभन्दा सत्तापक्षीय गठबन्धनको मत निकै बढी रहेका क्षेत्रहरूमा समेत माओवादी उम्मेदवार नराम्ररी पराजित भए । तर नेपाली काङ्ग्रेस वा नेकपा (एस)ले उम्मेदवारी दिएका क्षेत्रहरूमा अधिकांशले जीत हासिल गरेको देखिन्छ । यसको मतलब माओवादी पक्षले गठबन्धनमा इमानदारिता देखाएको भन्नुपर्छ । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको गठबन्धनमा पनि एमाले र राप्रपाबीचको केही मुख्य सिटहरूमा तालमेल राम्रै देखियो तर जसपासँगको तालमेल मिलेन । यसमा दुवै दलको दोष छ । एमालेलाई दिएको क्षेत्रमा जसपाका नेताहरू बागी तथा स्वतन्त्रको रूपमा उत्रिए । त्यसैगरी, जसपालाई दिइएको क्षेत्रमा एमालेका नेता, कार्यकर्ताहरू विद्रोहमा उत्रिए । जसपासँग तालमेल गरेकै विरोधमा एमालेका प्रभु साह नेतृत्वका स्वतन्त्रहरूले एमालेलाई नै आफत पारिदिए ।
सत्तापक्षीय गठबन्धनमा नेपाली काङ्ग्रेस पक्षधरले माओवादीलाई भन्दा स्वतन्त्रलाई मतदान गर्नुको पनि कारण छ । गठबन्धनमा चुनाव लड्ने भएपछि प्रधानमन्त्रीको लागि गठबन्धनका सबै दलको सहमतिमा एउटा नाम आउनुपथ्र्यो । नेपाली काङ्ग्रेसभित्रै प्रधानमन्त्रीमा देउवा, थापा र राणाको नाम आए पनि घोषणा गर्न नसकिरहेको अवस्थामा माओवादीले अध्यक्ष्F प्रचण्डलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा ग¥यो । यो गठबन्धनको धर्म अनुसार भएन । चुनावअगाडि नै धर्म छाडेपछि सशङ्कित नेकाले माओवादीलाई मतपत्रमा छट्यो । अर्कोतर्फ माओवादी युद्धको समयमा सबैभन्दा पीडित नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता हुन् । उनीहरू अझै पनि माओवादीलाई दोषी ठान्छन् । यो अवस्थामा माओवादी पक्षले अलिकति पनि शङ्कास्पद गतिविधि गर्दा उनीहरूलाई पुरानो घाउ बल्झन्छ । फेरि पनि एउटाको मत लिनु र अर्कोले नदिनु राजनीतिक बेइमानी हो । असर दीर्घकालीन हुन्छ ।