प्रस, परवानीपुर, १ मङ्सिर/
बारा क्षेत्र नं १ मा दुई गठबन्धनका उम्मेदवारबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा अच्युत मैनाली र सत्तारूढ गठबन्धनबाट उमाकान्त चौधरीको उम्मेदवारी परेको छ ।
दुवैजना आआफ्ना दलका प्रभावशाली नेता हुन् र उनीहरूबीच कडा प्रतिस्पर्धा हुने सो क्षेत्रका मतदाताहरूको बुझाइ छ ।
त्यसैगरी, राप्रपाबाट सङ्घीय सांसदमा भक्तबहादुर दर्लामी, जनमत पार्टीबाट मनोजकुमार यादव, हाम्रFे नेपाली पार्टीबाट राकेश न्यौपानेलगायतको उम्मेदवारी रहेको छ ।
यसैगरी, बारा क्ष्Fेत्र नं १ (१) मा एमालेबाट त्रिलोकीप्रसाद, सत्तारूढ गठबन्धनबाट नेकाका रमेशप्रसाद दङ्गाललगायत १२ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी, क्षेत्र नं १ (२) मा जसपाबाट मधेस प्रदेशका पूर्वसभामुख सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेकाका उम्मेदवार नागेन्द्रप्रसाद यादवको उम्मेदवारी परेको छ ।
त्यसैगरी, सो क्ष्Fेत्रको प्रदेशसभातिर सत्तारूढ गठबन्धनकै एउटा घटक नेकपा एकीकृत समाजवादीका बतहुराम यादवलगायत १४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय, बारा–१ ले जनाएको छ ।