प्रस, वीरगंज, २० कात्तिक/

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगले निर्देश गरे पनि सोविपरीत बारा जिल्लामा बालबालिकाको प्रयोग गरिएको पाइएको छ ।

बारा क्षेत्र नं ४ मा दलको झन्डा सार्वजनिक स्थानमा झुन्ड्याउने काममा बालबालिकाको प्रयोग भएको छ । बालबालिकाहरू खुलेआम झन्डा लिएर क्षेत्रका विभिन्न स्थानमा रहेका पोलहरूमा झन्डा टाँग्ने कार्य गरिरहेका भेटिन्छन् । बालबालिकाको प्रयोग र सार्वजनिक स्थलमा झन्डा टाँग्नु आचारसंहिताविपरीत भएपनि यो कार्य बाराको क्षेत्र नं ४ मा निर्बाध भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here