रामेश्वर मेहता, सिम्रौनगढ, १७ कात्तिक/

सिम्रौनगढ नगरपालिका–७ मा बिहीवार सम्पन्न सर्वदलीय बैठकले १७ दिनदेखि सिम्रौनगढ नगरपालिकामा लगाइएको तालाबन्दी खोल्ने निष्कर्ष निकालेको छ ।

नगरप्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा बसेको सर्वदलीय प्रतिनिधिहरूको सहभागितामा जिल्ला प्रशासन कार्यालय, बारामा डेलिगेशन जाने र त्यहाँ छलफलको आधारमा तालाबन्दी खोल्ने निर्णय गरेको हो ।

छलफलमा एमालेका मधेस प्रदेश सदस्य ताराचन्द्र साह, महेन्द्र जयसवाल, माओवादी केन्द्रका मदन ठाकुर, नेपाली काङ्ग्रेसका हरेन्द्रप्रसाद कुशवाहा, नेकपा एकीकृत समाजवादीका रमेश पञ्जाली, लोसपाका रामजनमप्रसाद कुशवाहा, जसपाका रामबहादुर पटेल, सामाजिक अभियन्ता सन्नी गुप्ता, परमानन्द साह, नागेन्द्र महतोलगायतले आआफ्नो विचार राखेका थिए ।

सिम्रौनगढ नगरपालिकाले करार र ज्यालादारी कर्मचारीहरूलाई हटाएपछि सोको विरोधमा उनीहरूले नपा कार्यालयमा तालाबन्दी गरेका हुन् । बिहीवार आज १७औं दिनसम्म पनि नगरपालिकाको ताला खोलिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here