प्रस, सेढवा, ३ कात्तिक/
दीपावली र छठ पर्वलाई लक्षित गरेर सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपालीहरूको भीड बढेको छ ।
नेपाली उपभोक्ताहरू सीमापारि भारतीय बजार भङ्गाहा, इनर्वा, मैनाटाड, सिकटालगायत क्ष्Fेत्रमा किनमेल गर्न जाने गरेका छन् ।
नेपालभन्दा भारतमा लत्ताकपडा, भाँडाबर्तन, खाद्यान्नलगायतका सामग्रीहरू सस्तोमा पाइने भएकाले भारतीय बजारमा नेपाली उपभोक्ताहरूको भीड बढेको हो ।
यसका साथै नेपाली बजारमा रासायनिक मल र आलुलगायतका तरकारीको बीउ नपाएपछि किसानहरू अहिले भारतीय बजारमा निर्भर भएको एकजना किसानले बताए ।
भारतीय बजारबाट किसानहरूले दैनिक दशौं क्विन्टल आलुको बीउ ल्याइरहेका छन् । आलुको बीउको माग बढेका कारण भारतीय व्यापारीहरूले मूल्यवृद्धि गरेको किसानहरूले गुनासो गरेका छन् ।