प्रस, वीरगंज, २३ असोज/
सांसद विमलकुमार श्रीवास्तवले निर्वाचनमा सहभागी नहुने बताएका छन् । यसपटकदेखि उनले राजनीतिबाट संन्यास लिएको घोषणा नगरे पनि चुनाव नलड्ने बताए । श्रीवास्तव वीरगंज महानगरमा तीनपटक प्रमुखमा निर्वाचित भएका थिए ।
पञ्चायतकालमा एकपटक र २०४६ सालको प्रजातन्त्रप्राप्तिपछि उनी दुईपटक नगरप्रमुखमा निर्वाचित भएका थिए । सांसदमा भने उनी २०७४ सालको निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए । हाल उनी लोसपामा आबद्ध थिए र यसअघि स्थानीय चुनावमा एमालेलाई सघाएका थिए । एमाले सरकारमा लोसपाबाट उनी १८ दिनका लागि मन्त्री पनि भएका थिए ।