प्रस, निजगढ, १४ असोज/

बाराको काठमाडौं–तराई (मधेस) जोड्ने द्रुतमार्ग अन्तर्गतको जीरो किलो मिटरमा रहेको नेपाली सेनाको क्याम्प जाने दु्रतमार्ग छेउमा शुक्रवार दिउँसो पाटेबाघको मृत्यु भएको छ ।

अचानक शुक्रवार दिउँसो करीब ३ बजे घाइते पाटेबाघ क्याम्पभित्र छिर्दा त्यहाँ रहेका विभिन्न सामानमा बाघको आक्रमणबाट क्षति पुगेको छ । दु्रतमार्ग हँुदै बाघ क्याम्पभित्र प्रवेश गर्दै गरेको पोस्टमा खटिएका सेनाले देख्ने बित्तिकै सर्तक रहन सूचना दिएसँगै क्याम्पमा रहेका नेपाली सेनाहरू बाघको आक्रमणबाट जोगिएका थिए । बाघले क्याम्पभित्र रहेका एसी, अन्य सामान, सवारीसाधनहरूमा क्षति पु¥याएको छ ।

बाघ क्याम्पभित्र छिरेर करीब २५ मिनेट जति एसी, अन्य सामान र परिसरमा रहेका सवारीसाधनहरूमा टोक्दै, दाँतले चिथोर्दै क्षति पु¥याएको सो क्याम्पका सेनानी कृष्णकुमार श्रेष्ठले बताए ।

क्याम्पभित्र बाघ आउँदै गरेको सूचना पाउने बित्तिकै सबै सुरक्षाकर्मी सर्तक रहँदा कुनै मानवीय क्षति नभएको सेनानी श्रेष्ठले बताए । “एकछिन त हामीलाई अचम्म लाग्यो । करीब २५ मिनेटसम्म क्याम्प परिसरमा नै बाघ घुमिरह्यो । कहिले सवारीसाधनहरूको टायर टोक्ने, कहिले एसीलाई टोक्नेलगायतका गतिविधि गरिरहेको थियो,” क्याम्पका प्रत्यक्षदर्शी सेनाहरूले भने ।

त्यसपछि सो बाघ छेवैको वनक्षेत्रभित्र पसेको र पुनः क्याम्पको बाटो हँुदै दु्रतमार्गबाट मोटरसाइकलमा आउँदै गरेको सुरक्षाकर्मीलाई देखेर झम्टेर जाँदा सुरक्षाकर्मी भाग्न सफल भएको र बाघले मोटरसाइकललाई समेत क्षति पु¥याएको क्याम्पका सेनाको भनाइ छ ।

बाघ देखेको केही समयमा नै क्याम्पका सेनाले पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारलाई जानकारी गराएको थियो ।

निकुञ्जको टोलीले बाघ भएको वनक्षेत्रतर्फ निगरानी राख्दै गर्दा सो बाघ दु्रतमार्गनजीकै देखिएपछि निकुञ्जको टोली त्यसतर्फ अघि बढेको र बाघ भुइँमा ढलेको अवस्थामा फेला परेको घटनास्थलमा पुगेका पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारका सहायक वार्डेन सूर्य खड्काले बताए । हामी घटनास्थल पुग्दासम्म ढुकढुकी सास थियो । अपराह्न करीब ४ बजेतिर मृत्यु भएको उनले बताए । सो बाघको मृत्युको कारण अन्य जङ्गली जनावरसँग जुधेर घाइते भएको र उमेर पनि ढल्किसकेको पाइएको र शरीरका केही ठाउँमा पुराना घाउहरू पनि देखिएको र दा¥हा पनि कमजोर रहेको पाइएको स्थलगत प्रारम्भिक अनुसन्धानबाट खुलेको सहायक वार्डेन खड्काले बताए ।

बाघको मृत्युको थप कारण विज्ञसहितको टोलीले गहिरो अनुसन्धान र शल्यपरीक्षण रिपोर्टबाट मात्र खुल्ने पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारका प्रमुख अशोक रामले फोन सम्पर्कमा बताए ।

बाराको निजगढस्थित बकैया–नागमणि सामुदायिक वनक्षेत्र हँुदै दु्रतमार्ग सङ्घीय राजधानी काठमाडौं जोड्ने क्रम अघि बढिरहेको छ । यस सामुदायिक वनक्षेत्रसम्म निकुञ्ज विस्तार गरिएसँगै विश्व संरक्षित वन्यजन्तुको सूचीमा रहेको पाटेबाघको वृद्धि भएको निकुञ्जले जनाएको छ ।

घटनापछि डिभिजन वन कार्यालय, बाराको टोली, सामुदायिक वन समूहका पदाधिकारीहरू, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढका प्रमुखलगायतको उपस्थितिमा स्थलगत सर्जमिन मुचुल्का गरी मृत बाघको शल्यपरीक्षणको लागि साँझ अबेर निकुञ्ज लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here