चिरञ्जीवी सापकोटा, ठोरी, १२ असोज/

ठोरी गाउँपालिका वडा नं २ को फूटबल मैदानमा वनशक्ति युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको दशैं कप नकआउट फूटबल प्रतियोगितामा बुधवार भएका खेलमा मूनस्टार युवा क्लब, ठोरी–३, ब्रह्मनगर र तमु ब्वाइज युवा क्लब, ठोरी–१, रोजीनगर विजयी भएका छन् । आजको पहिलो खेलमा मूनस्टार युवा क्लबले ब्रह्मज्योति युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । मूनस्टारको जीतमा जर्सी नं ४ का आचल श्रेष्ठ र जर्सी नं ६ का राजीव श्रेष्ठले समान एक/एक गोल गरेका थिए भने ब्रह्मज्योतिको जर्सी नं १ का मुन्ना बस्नेतले सान्त्वना गोल फर्काएका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ राजीव श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा तमु ब्याइजले युथ युनिटीलाई ५–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । तमु ब्वाइजको जीतमा जर्सी नं ९ का समीर थापामगरले दुई गोल, जर्सी नं १० अपील भट्टराई, जर्सी नं १५ का हेम ठकुरी, जर्सी नं ७ का सतीश थापामगरले समान एक/एक गोल गरेका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ जर्सी नं १० का अपील भट्टराई घोषित भए ।

भोलिको पहिलो खेल सनराइज युवा क्लब, ठोरी–३, रामनगर र अगम युवा क्लब, शिकारीबासबीच हुनेछ भने दोस्रो खेल नवयुवा युवा क्लब, ठोरी–२ र थ्रीस्टार युवा क्लब, ठोरी–१ बीच हुने आयोजक समितिका कोषाध्यक्ष विशाल क्षत्रीले जानकारी दिए ।

१६ वटा क्लबको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल खेल असोज २१ गते हुनेछ भने विजेतालाई नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु ३० हजार, शिल्ड, मेडल एवं प्रमाणपत्र प्रदान गरिने क्षत्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here