प्रस, वीरगंज, ६ असोज/
वन तथा वातावरण मन्त्री प्रदीप यादवले रामवनमा स्थापना हुने चिडियाखाना मधेस प्रदेशको प्रमुख पर्यटकीय स्थलको रूपमा विकास हुने बताएका छन् ।
बिहीवार वीरगंज महानगरपालिका–३२ रामवनमा चिडियाखाना (प्राणी उद्यान) को शिलान्यास गर्दै उनले रू एक अर्बभन्दा बढी लागतमा चिडियाखाना स्थापना हुने बताए ।
वनमन्त्री यादवले चिडियाखाना स्थापना भएपछि यहाँको विकास र समृद्धिमा महŒवपूर्ण भूमिका खेल्ने बताए । भदौ २७ मा बसेको मन्त्रिपरिषद बैठकले प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको बताउँदै मन्त्री यादवले भने, चालू आवमा चिडियाखाना स्थापनाका लागि रू ९ करोड ५० लाख रूपियाँँ विनियोजन गरिएको बताए । उनले नेपाल सरकार यसलाई बहुवर्षीय योजनामा राखेको जानकारी गराए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की संयोजकत्वमा आठ सदस्यीय स्थलगत अध्ययन कार्यदलले प्रस्तावित क्षेत्रमा सरोकारवालासँग छलफल, राय सुझाव सङ्कलन, सन्दर्भ सामग्रीहरूको अध्ययन तथा तथ्याङ्क सङ्कलन गरेको थियो । प्रस्तावित क्षेत्र समथर भूभाग रहेको, सहज पहुँच भएको, पानीको स्रोत रहेको, विद्युतको पहुँच भएको जानकारी गराउँदै कार्यदलले ३.१ हेक्टर जमिनमा विद्यमान अतिक्रमण हटाई सबैया साझेदारीसँग जोडिएको क्षेत्रमा तारबार लगाएर चिडियाखाना स्थापना गर्दा उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन कार्यदलले मन्त्रालयलाई पेश गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले वीरगंज महानगर–३१ सोलखपुर र ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिने दावी गरे ।
चिडियाखानाको क्षेत्रफलभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएका सबैया साझेदारी वन उपभाोक्ता समितिको क्षेत्रको सिमानामा तारबार गरिने बताए ।
सबैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर छ । जसमा घाँस बुट्यान क्षेत्र ३९.४ हेक्टर, सघन क्षेत्र ७.५ र अतिक्रमण क्षेत्र ३.१ हेक्टर छ । उष्ण साल वन क्षेत्र रहेको त्यहाँ साल, कर्मा मुख्य प्रजातिको रूखहरू छन् । चित्तल, खरायो, वन बिरालो, दुम्सी, बँदेल, चौंका, गरूड, सारस पनि देख्न पाइन्छ भने कहिलेकाहिं बाघमा पनि देखिने गरेको छ ।
यसैगरी घस्रिने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहेकोले यो क्ष्Fेत्रमा चिडियाखाना बनाउन उपयुक्त रहेको वनमन्त्री यादवले बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल, पर्सागढी नपाका प्रमुख गोकर्ण पाठकलगायतको सहभागिता थियो ।
यसैबीच वनमन्त्री यादवले मिलनचोकदेखि जगरनाथपुर गाउँपालिकासम्म निर्माण हुने कालोपत्र सडकको बिहीवार शिलान्यास गरेका छन् । मिलनचोकदेखि जगरनाथपुरसम्म सात किलोमिटर कालोपत्र सडक छ करोड लागतमा निर्माण हुने र सोको ठेक्का पप्पु कन्स्ट्रक्शनले लिएको छ । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, पर्सागढी नपाका वडाध्यक्ष् जितेन्द्र यादवलगायतको सहभागिता थियो ।