नितेश कर्ण, वीरगंज, ३१ असोज/

ठोरी गाउँपालिका–५ बाघमोर्चामा निर्माणाधीन कल्भर्ट आधा अधूरो छ । स्थानीय चुनावअगावै चुनावलाई प्रभावित हुनेगरी रु ५० लाखको लागतमा कल्भर्ट  निर्माण थालनी भएको थियो ।

ओरिया खोलामा कल्भर्ट निर्माण थालनी भएको हो । यसअघि सो खोलामा गापाले झोलुङ्गे पुल निर्माण गरेको थियो । झोलुङ्गे पुलबाट साइकल र मानिस मात्र ओहोरदोहोर गर्न सक्ने भएकोले स्थानीय चुनावमा मत प्रभावित गर्न हतार–हतार कल्भर्ट निर्माण शुरू गरिएको थियो । तर सो कल्भर्ट पूर्णरूपमा सम्पन्न हुन सकेको छैन र अहिलेको नयाँ नेतृत्वले कल्भर्टको आधा अधूरो निर्माण कार्यलाई निरन्तरता नदिंदा रु ५० लाख पानीमा खर्चिए बराबर भएको छ ।

यसअघिका गापा अध्यक्ष पिएल श्रेष्ठले कल्भर्ट निर्माण शुरू गराएका थिए । उनको पालामा सो कार्य नभएपछि अहिले गापाका नवनिर्वाचित अध्यक्ष लालबहादुर श्रेष्ठले आधा अधूरो कल्भर्ट निर्माण कार्य सम्पन्न गर्ने सुरसार गरेका छैनन् । उनी भन्छन्, “यसअघिका नेतृत्वले गरेको अतिआवश्यक योजनाहरूलाई मात्र निरन्तरता दिइन्छ ।” बाघमोर्चामा झोलुङ्गे पुल निर्माण भइसकेकोले आवतजावतमा समस्या नभएको र त्यसलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने आवश्यकता नरहेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले वडा नं १ र २ का बासिन्दाले अहिले पनि गर्भवती महिलालाई पिठ्यूँमा बोकेर हिंड्नुपर्ने बाध्यकारी अवस्था भएकोले सो वडामा सडक निर्माणलाई प्राथमिकतामा राखिएको बताए । यसैगरी, वडा नं ४ शिकारीबासमा सडक निर्माण, विद्युतीकरण र इन्टरनेट जडान आवश्यक भएकोले सो क्ष्Fेत्रमा उक्त योजनालाई प्राथमिकतामा राखिएको जानकारी गराए ।

यसैगरी, गापाले अतिआवश्यक तटबन्ध, खानेपानी निर्माणलाई प्राथमिकतामा राखेको र कृषि कार्यको लागि डेढ करोड रकम विनियोजन गरिएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here