कुनै आपद् पर्दा प्रायः दैवी–शक्तिलाई पुकारा लगाउनु गुहार माग्नु हो । हिन्दी भाषामा यसलाई दुहाई भनिन्छ । आफ्नो क्ष्Fमताभन्दा ठूलो कुनै सङ्कटबाट पार पाउन सक्ष्Fम व्यक्ति वा ईश्वरसँग सहायता माग्नु गुहार माग्नु हो । रक्सौलमा लामो समयदेखि वा भनौं रक्सौल शहर बन्नुभन्दा पहिले बस्ती भएकै बेलादेखि यहाँको सडक, नाला तथा फोहर व्यवस्थापन अमानवीय देखिंदै आएको छ । नेपालीहरूको आकर्षक बजार रक्सौल वीरगंज शहरको उत्तर पुछारदेखि बढीमा १२ किलोमिटर र दक्षिण पुछार त पैदल पार गर्न सकिने दूरीमा छ । तर वीरगंजका धेरै संभ्रान्तहरू रक्सौलको खराब सडक, फोहरले गर्दा, नगई नहुने कामबाहेक रक्सौल टेक्न मन पराउँदैनन् । वीरगंजवासीको यस्तो हाल छ भने रक्सौलमैं बस्ने, बन्द–व्यापार गर्ने, स्कूल जानेहरूको के अवस्था होला सजिलै अनुमान लगाउन सकिन्छ । यस्तो अवस्थालाई दुर्दमनीय ठानेर नै होला रक्सौलका बासिन्दा, राजनीतिक दलका नेता–कार्यकर्ताहरूले छठीमाई मन्दिर पुगेर गुहार लगाएका छन्, छठका बेला बाटोमा लम्पसार पर्दै छठघाट गएको पारामा मन्दिरसम्म पुगी भखौती मागेका छन् ।

हामीकहाँ, नेपाल होस् वा भारत, मानव–असाध्य कामका लागि दैव भाख्ने चलन छ । अनिकालमा पानी पर्नका लागि, डढेलोमा वर्षा होस् भनेर वा यस्तै मानिसद्वारा सम्भव नहुने कामका लागि दैवलाई पुकारिन्छ । तर सडक, नाला आदि कार्य त मानिसले नै बनाउने हो । सङ्घ सरकार, प्रदेश सरकार अथवा स्थानीय सरकार वा जनसहयोगबाट नै बन्ने हो । रक्सौलमा अहिले सडक र नाला बनि पनि रहेको छ । तर पनि छठीमाईकहाँ पुगेर गुहार लगाउनुपर्ने अवस्था किन आयो त ? वर्षौंवर्षदेखि नबनेको सडक नाला नबन्दासम्म अधीर भएको जनताले, सडक–नाला बन्न थाल्दा सन्तोषको सास लिएको थियो, तर जब यी संरचना गुणस्तरहीन बन्न थाले, जनताको मन पिरोलियो, पुस्तौंको प्रतीक्षापछि बन्न लागेको संरचना गुणस्तरहीन बन्यो भने आउने पीढीले फेरि पुस्तौं कुर्नुपर्छ । यस व्यथाले पिरोलिएको जनता सरकार समक्ष पुग्न चाहेन, सीधै छठीमाईकहाँ पुग्यो । एकमात्र तारणहार देवीलाई मानेर वा राजनीतिक व्यङ्ग्यको बान्की दिन ? यो देवीलाई गुहारभन्दा देशको शासन व्यवस्था, सरकारको काम गर्ने शैली, ठेकेदारको नियतप्रति जनताको विश्वास नरहेकोप्रति कटाक्ष हो ।

नेपालको अवस्था पनि कमोबेस त्यस्तै छ । नेपालमा रक्सौलजस्तो संरचना निर्माणका लागि पुस्तौं पर्खनुपर्दैन, यो अलग कुरा हो, त्यो संरचना प्रत्येक वर्ष बनाइराख्नुपर्छ । किनभने गुणस्तर निकम्मा हुन्छ । एकातिर बन्दै नबन्ने र अर्कोतिर (हाम्रोतिर) निरन्तर बनिरहनेबीच विकासको कुन शैली राम्रो भन्ने विषयमा वादविवाद प्रतियोगिता नै चलाउनुपर्ने हुन्छ । रक्सौल सप्रे, त्यहाँ राम्रा, चिल्ला, फराकिला सडक भए रक्सौलको व्यापार सप्रन्छ, रक्सौलवासीले वीरगंजको आहारिस गर्नुपर्ने थिएन । प्रायः भारतीयहरू नेपालमा मद्यपान, जङ्गल सफारी, पहाडी खोलानालाको आनन्द लिन आएजस्तै नेपालीहरू पनि धक फुकाएर रक्सौल पुगेर सामान खरीद गर्ने थिए, सिनेमा हेर्ने थिए, डन्कनको भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने थिए । दुवै शहरबीच कसिलो भगिनी सम्बन्ध स्थापित हुने थियो, सरकारीस्तरमा नभए पनि जनस्तरमा । यसका लागि छठीमाईले गुहार सुनिदिनुप¥यो वा सरकारले जनताको मनोभाव बुझेर गुणस्तरीय काम गर्न कडाइ गर्नुप¥यो । जसले गरोस् रक्सौलवासीको इच्छा पूरा होस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here