प्रस, वीरगंज, २३ भदौ/
माउन्ट एडमन्ड माध्यमिक विद्यालय, श्रीपुर, वीरगंजद्वारा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस र ४३ औं राष्ट्रिय शिक्षा दिवसकाको अवसरमा विद्यालय प्राङ्गणमा आज अन्तरसदन वक्तृत्वकला, कविता वाचन र हस्तलेखन प्रतियोगिता आयोजना गरियो ।
सो अवसरमा कक्षा १ देखि ३ सम्मका ८२ जनाले हस्तलेखन, २५ जनाले ‘शिक्षा’ शीर्षकमा आआफ्नो कविता वाचन गरेका थिए भने माध्यमिक तहका १३ जनाले ‘अनौपचारिक शिक्षाको दैनिक जीवनमा महŒव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा भाग लिएका थिए ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक अनन्तकुमार लाल दासले शिक्षाविना विकास र समृद्धिको कुनै अर्थ हुँदैन ।
शिक्षा जीविकाका लागि होइन, जीवनको लागि हुनुपर्छ भन्ने कुरामा जोड दिंदै २०७८ को जनगणना अनुसार अहिले पनि ३२.०९ प्रतिशत मानिस निरक्षर रहनु, त्यसमा पनि ५१ प्रतिशत महिला साक्षर नहुनुले राम्रो सङ्केत नदिएको बताए । यसैगरी विद्यालयका प्रअ दास र सप्रअ फजिल आलम निर्णायक रहेको वक्तृत्वकला प्रतियोगितामा कञ्चनजङ्घा सदनकी विपेक्षा सुवेदी प्रथम, सोही सदनकी प्रिंसी सर्राफ द्वितीय भएका छन् भने अनीता चौरसिया र खुशबु प्रवीण निर्णायक रहेको कवितावाचन प्रतियोगितामा अन्नपूर्णाकी रीजा श्रेष्ठ प्रथम, माछापुच्छ«ेका सन्दीप साह द्वितीय भएका थिए ।
उक्त कार्यक्रमको सहजीकरण अतिरिक्त क्रियाकलाप विभागका प्रमुख बलराम नेपालीले गरेका थिए ।