प्रस, वीरगंज, २ भदौ/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कर्मचारीलाई काखापाखा नगर्ने बताएका
छन् ।

अशोककुमार बैदले आयोजना गरेको नयाँ चेतनाको उदय कार्यक्रममा उनले सबैको साथ र सहयोगबाट मात्र वीरगंजलाई व्यवस्थित बनाउन सकिने बताए । वीरगंज महानगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई तनाव व्यवस्थापनसम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा नगरप्रमुख सिंहले मेरो कार्यकालमा कसैलाई काखा, कसैलाई पाखा हुँदैन भने । उनले कर्मचारी उत्कृष्ट भए महानगरको सेवाप्रवाह झनै व्यवस्थित हुने बताए । उनले भने, “सबै कर्मचारी मेरो परिवारका सदस्य हुनुहुन्छ, तपाईंहरूलाई कुनै समस्या परे सोझै मसँग सम्पर्क गर्नुहोस् ।”

वीरगंज महानगरपालिकाका सद्भावना दूत अशोककुमार बैदको अध्यक्षतामा भएको कार्यक्रममा समर्पण सेवा संस्था नेपालका संस्थापक सदस्यसमेत रहेका प्रेरक वक्ता रमेश शर्मा, नबिल बैंकका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहले सहभागीहरूलाई तनाव व्यवस्थापन र सेवाप्रवाहमा नागरिक संवेदनशील प्रशासनको प्रवद्र्धनका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उद्योगी सञ्जय खेतान, वीरगंज महानगरपालिका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here