प्रस, पोखरिया, २ भदौ/

पोखरिया नगरपालिकाका उपप्रमुख रूबी ठाकुरले बिहीवार पोखरिया अस्पतालको निरीक्ष्ण गरेकी छन् ।

निरीक्षण गर्ने क्रममा अस्पताल प्रशासनले विद्युत् महसूल सात लाख बाँकी रहेको, विद्युत् भोल्टेजको कमी, पङ्खाको अभाव, क्वार्टर तथा प्रसूति कक्षमा च्यानल गेट निर्माण गर्नुपर्ने, अस्पताल व्यवस्थापन विकास समिति बनाउनुपर्ने, औषधिको अभावलगायतबारे उपप्रमुख ठाकुरको ध्यानाकर्षण गराएको थियो । उपप्रमुख ठाकुरले अस्पतालको समस्या यथाशीघ्र समाधान गर्ने आश्वासन दिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here