प्रस, परवानीपुर, २६ साउन/
प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाललाई वीरगंजमा सम्मान गरिएको छ । वीरगंज उद्योग वाणिज्य सङ्घले कार्यकक्षमैं कार्यक्रम आयोजना गरी पुष्पगुच्छाका साथ उनलाई सम्मान गरेको हो ।
विभिन्न कार्यक्रममा सरिक हुन वीरगंज आएकी उपसभामुख भुसालको सम्मान कार्यक्रममा वीरगंजका विकाससँग सम्बन्धित समस्याबारे जानकारी गराउँदै उद्योग, व्यवसाय क्ष्Fेत्रका पीडाबारे ध्यानाकर्षण गराइएको थियो ।
सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले प्रस्तुत गरेको कार्यपत्रमा वीरगंजबाट सबैभन्दा बढी राजस्व सङ्कलन हुने गरेको तर वीरगंज राज्यको नजरमा पछि परेको कारण चौतर्फी विकास हुन नसकेको बताइएको थियो । वीरगंजको भौतिक पूर्वाधार, शिक्ष्Fा, स्वास्थ्य, उद्योग, व्यवसाय क्ष्Fेत्रमा पनि सरकारले विकास गर्ने नीति लिएर अगाडि बढ्नुपर्ने सुझाव दिइएको थियो ।
वीरगंजको श्रीसिया नदी प्रदूषण नियन्त्रणका लागि निजी क्ष्Fेत्रलाई कारबाई गर्ने निर्देशन आउने गरेको तर उद्योग र नदीबीच वाटर ट्रिटमेन्ट प्लान्टको लागि सरकारले सहयोग नगरेको बताइएको थियो । साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले यथाशीघ्र योजना अघि बढाएर निर्माण थाल्नुपर्ने बताइएको थियो ।
सङ्घका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय, पर्साका निर्देशक दीपक खड्का, वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाललगायतको सहभागिता थियो ।
कार्यक्रममा अशोककुमार बैद, अनिलकुमार अग्रवालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपसभामुख भुसालले वीरगंजको विकासका लागि उठेका समस्याहरू समाधान गर्न नेपाल सरकारका प्रधानमन्त्री तथा अन्य निकायमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।