नयाँ दिल्ली, २६ साउन/सिन्ह्वा

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीवार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख छ हजार ९९६ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ७६ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरू भएबाट हालसम्म पाँच लाख २६ हजार ८७९ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १९ हजार ४३१ जना कोरोनामुक्त भएका छन् । यसैसँगै कुल चार करोड ३५ लाख ३५ हजार ६१० भन्दा बढी कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयबाट हालसम्म दुर्ई अर्ब छ करोड ५८ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना शुरू भएयता हालसम्म ८७ करोड ९२ लाख ३३ हजार २५१ जनाको कारोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here