प्रस, सेढवा, १९ साउन/

बेटी पढाउ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत पर्साको ग्रामीण क्षेत्रका अधिकांश छात्राले साइकल पाएका छैनन् ।

शैक्षिक सत्र २०७७ मा कक्षा ८ उत्तीर्ण गरेका छात्राहरूले साइकलको लागि कूपन पाएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि नपाएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।

साइकल पाउने छात्राहरूको आवश्यक कागजात बुझाइ मुख्यमन्त्री गद्दीका स्वकीय सचिव दीपक यादवको हस्ताक्षरसहितको कूपन पाएको श्रीराम चरित्र भक्त मावि, पकहामैनपुरका प्रधानाध्यापक छोटेलाल प्रसादले जनाए । ऊँ सत्य साइँ ट्रेडर्स वीरगंजको नाममा रहेको कूपन लिई साइकल लिन जाँदा साइकल सकिएको भन्दै नदिएको प्रअ छोटेलाल प्रसादले बताए । ८९ वटा साइकलको कुपन रहेकामा हालसम्म नपाएको प्रअले बताए ।

आर्थिक वर्ष २०७७/७८ मा १२ वटा सामुदायिक विद्यालयका ५८० जना छात्राले साइकल पाउने गरी उनीहरूको कागजात पठाइएको थियो । बितो महतो जनता मावि, जीतपुर, नौकाटोलामा ४२, नेरा आधाभूत विद्यालय, कठकुइया, वसन्तपुरमा २१, सरस्वती आधारभूत विद्यालयमा २२, शारदा मावि, बहुअरी सुगौलीमा ११०, मावि भिखमपुर पिपरा, मावि बगही, दीपनारायण नमूना मावि, औराहा, पंचगावाँमा गरी ५८० जना छात्राले साइकलको कूपन पाएका थिए ।

जीराभवानी गाउँपालिका वडा नं ३ स्थित बितो महतो जनता मावि, जीतपुर, नौकाटोलाका प्रधानाध्यापक रामाशङ्कर चौधरीका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी साइकलको लागि मुख्यमन्त्रीको कार्यालयसम्म गए पनि  नपाएको बताए ।

यसैगरी, दीपनारायण मावि, औराहाका प्रअ शिवनाथ महतोले साइकल पाएको भरपाई दिएको तर अहिलेसम्म साइकल नदिएको गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here