नितेश कर्ण, वीरगंज, १९ साउन/
भारतको रक्सौलबाट एकजना नाबालिकाको उद्धार गरेर परिवारजनको जिम्मा लगाइएको छ ।
बुधवार साँझ रक्सौल आर्केस्ट्राबाट नेपाली नाबालिकाको उद्धार गरिएको हो ।
चलचित्रमा काम लगाइदिने प्रलोभन देखाएर नाबालिकालाई मझोलियाको आर्केस्ट्रामा पु¥याइएको रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । नाबालिकालाई बेतियानजीकैको आर्केस्ट्राबाट उद्धार गरिएको इन्स्पेक्टर शर्माले बताए ।
राष्ट्रिय बाल अधिकार संरक्षण आयोग दिल्ली, मिशन मुक्ति फाउन्डेशन, बाल कल्याण समिति, चाइल्ड लाइन बेतिया, बेतिया महिला थाना प्रभारी, मधोलिया सेन्टिनेल चौकीको सहकार्यमा नाबालिकाको उद्धार गरिएको थियो ।