• श्रीमन्नारायण

वंशवादी अथवा परिवारवादमा आधारित राजनीतिको परिणति कति घातक हुन सक्छ, यसको उदाहरण हेर्न अन्त जानुपर्दैन । दक्षिण एशियाली देश श्रीलङ्का यसको ज्वलन्त प्रमाण हो । श्रीलङ्काको दुरवस्था र सङ्कटग्रस्त आर्थिक परिस्थितिको निम्ति त्यहाँका शासक नै प्रमुखरूपमा जिम्मेवार हुन् । राजपाक्षे परिवारका चार दाजुभाई र तिनका सन्तानले शासनको पूरै बागडोर आफ्नो हातमा लिएका थिए । उनीहरूले देशको शासन पारिवारिक कारोबारजस्तै सञ्चालन गरिरहेका थिए । हामी नेपालीहरूले जहानियाँ राणा शासन, तत्पश्चात् सक्रिय राजतन्त्रको समय स्मरण गर्दा हुन्छ । राजपाक्षे दाजुभाइ नै ठूल्ठूला परियोजना सञ्चालन गर्दथे । यस्ता खाले अव्यावहारिक परियोजनाहरूको निम्ति जथाभावी ऋण काढ्ने काम भइरह्यो फलस्वरूप देश आर्थिकरूपले कङ्गाल हुन पुग्यो । दुई दशकसम्म श्रीलङ्काको शासनसत्तामा वर्चस्व कायम गर्दै आएको राजपाक्षे परिवारले झिटीगुन्टासहित रातारात देश छाड्नुप¥यो । वंशवादको राजनीति चाहे जसको होस्् अथवा जुनसुकै शासन प्रणालीमा होस्, यसको परिणति दुःखद र डरलाग्दो मात्र हुन्छ । परिवारवादकै कारण भ्रष्टाचार संस्थागत हुन पुग्दछ । हिजो राणा र राजाको परिवारवाद खराब थियो भने लोकतन्त्र र गणतन्त्रमाथि विश्वास राख्ने नेताहरूले स्थापित गरिरहेको वंशवाद त्योभन्दा सयौं गुणा बढी हानिकारक साबित भइरहेको छ । नेपालका राजनीतिक दलका नेताहरूले यसरी नै परिवारवादलाई संरक्षण, समर्थन र प्रोत्साहन गर्दै रहे भने नेपालको अवस्था श्रीलङ्काभन्दा पनि दयनीय हुन सक्दछ ।

श्रीलङ्कामा इन्धन, खाद्यान्न, औषधि तथा बिजुलीको अभावका कारण जनता आक्रोशित भई विरोध प्रदर्शन गर्न सडकमा मात्रै आएनन् राष्ट्रपतिको निवासमा समेत कब्जा जमाए । जनताको उग्र विरोध प्रदर्शनका कारण राजपाक्ष्Fे वंशको तानाशाही, भाइ–भतिजावाद र अहङ्कार समाप्त गर्ने काम भयो । राजपाक्षे परिवारको अहङ्कारका कारण श्रीलङ्का अन्तहीन आर्थिक दुष्चक्रमा फस्न बाध्य भएको छ, जसबाट तत्काल राहत पाउन उसले धेरैथोक गर्नुपर्नेछ । सङ्कीर्ण राष्ट्रवादको नशामा जनतालाई लठ्याउने अवसरवादी राजनीतिज्ञहरूको धूर्तताको पहिचान गर्नु आवश्यक हुन्छ । नेपालमा पनि श्रीलङ्काजस्तै राष्ट्रवादको नारा यहाँको राजनीतिमा सर्वाधिकरूपमा सफल हुने गरेको पाइन्छ ।

राष्ट्रपति राजपाक्षे परिवारको शक्ति निरन्तर बढ्दै गयो । यसको निम्ति २०२० मा संविधान संशोधनसमेत गरियो । उनले नागरिक स्वतन्त्रताको दमन गरे । चीनसित मित्रताको पर्याप्त लाभ उठाए । यति हदसम्म कि आफ्नै देशलाई ऋणको जालोमा फसाउने काम गरे । नेपालका वामपन्थीहरू पनि चीनसित ऋण काढ्नुलाई नै नेपाली राष्ट्रवादको परिभाषा ठानिरहेका छन् । राजपाक्षे वंश अथवा परिवारको सत्ताबाट नाटकीय पतन विश्वभरिका ती सबै राजनीतिज्ञहरूको निम्ति एउटा ठूलो चेतावनी हो, जो आफ्नो देशको सरकार तथा पार्टी सङ्गठनमा वर्चस्व त जमाएका हुन्छन् तर जवाफदेही र सुशासनसित कुनै सरोकार राख्दैनन् । एशियादेखि ल्याटिन अमेरिकामा समेत यस्ता अनेकौं परिवार छन्, जो आफ्नो देशको सरकारलाई पारिवारिक मामिला र राजनीतिक दललाई पारिवारिक सम्पत्ति ठान्दछन् । राजपाक्षे परिवारको कुरा गर्ने हो भने महिन्द्रा राजपाक्षे यस राजनीतिक साम्राज्यका सूत्रधार थिए । एक दशकसम्म श्रीलङ्काको राष्ट्रपति रहेका उनले बडो कठोरतापूर्वक शासन सत्ता चलाए । सन् २०१५ को निर्वाचनमा पराजय भोगेपछि उनको परिवारलाई सत्ताबाट टाढिनुपरेको थियो । यस अवधिमा नयाँ सरकारले संसद्बाट राष्ट्रपतिको कार्यकाल केही सीमित पार्ने काम ग¥यो । यसले गर्दा महिन्द्राका भाइ तथा उनको सरकारको पालामा रक्ष्Fामन्त्री रहेका गोटाबायालाई राष्ट्रपतिको प्रत्याशी बनाउनुप¥यो । यसको निम्ति गोटाबायोले आफ्नो अमेरिकी नागरिकता परित्याग गरेका थिए । सन् २०१९ मा राष्ट्रपति भएपछि गोटाबायाले आफ्ना दाइ महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री  नियुक्त गरे । महिन्द्राले पनि आफ्ना दुई छोरा, दुई भाइ तथा भतिजालाई सरकारमा स्थान दिए । यस परिवारको अचानक अवसान भएका कारण पनि आश्चर्यको विषय रह्यो कि राजपाक्षेले आफ्नो पहिचान जातीय (सिंहली) राष्ट्रवादीको रूपमा बनाएका थिए । उनले आफूलाई बहुसङ्ख्यक सिंहलीको हितका एकमात्र संरक्षक दाबी गर्दै आएका थिए । उनले श्रीलङ्कामा २६ वर्षदेखि जारी गृहयुद्धको क्रूरतापूर्वक दमन गरेका थिए । त्यति बेला महिन्द्रा राष्ट्रपति तथा गोटाबाया रक्षामन्त्री थिए । त्यति बेला अन्तर्राष्ट्रिय स्तरमा युद्धस्तरको निम्ति आलोचनाका बावजूद दुवैजना सिंहलीका निम्ति नायक साबित भए । लिट्टेलाई सिध्याउने अभियानमा महिन्द्रालाई गोटाबायाले पूरा समर्थन गरेका थिए ।

अल्पसङ्ख्यक तमिलको दमनबाट मुक्ति पाएर बहुसङ्ख्यक सिंहली खुशी थिए । अमेरिकाको क्यालिफोर्नियामा रहेका गोटाबायामाथि युद्ध अपराधको मुद्दा पनि दर्ता भएको थियो । दाजुभाइ मिलेर लिट्टेको क्रूरतापूर्वक दमन त गरे तर त्यसको दुष्प्रभाव रोक्नु सम्भव थिएन । हिन्दू बहुसङ्ख्यक तमिल समुदाय आफूलाई झन् बढी उपेक्षित र असहाय महसूस गर्न थाल्यो । मुस्लिम समुदायसित पनि विभाजनको फाटो बढ्दै गयो जसको जनसङ्ख्या श्रीलङ्कामा दश प्रतिशत जति रहेको छ । यसले गर्दा त्यहाँ  इस्लामिक आतङ्कवादको बीजारोपण हुन गयो । सन् २०१९ मा इस्टरको अवसरमा भएको एक आक्रमणमा २७७ जना मारिए । यो विश्वकै डरलाग्दो आक्रमणमध्ये एक थियो । यस आक्रमणले राजपाक्षे परिवारलाई एकपटक फेरि पनि सिंहली राष्ट्रवादको नारा दिन उत्प्रेरित ग¥यो । राजपाक्षे परिवारले श्रीलङ्कामा जातीय र धार्मिक विद्वेष पैmलाएर आफ्नो राजनीतिक वर्चस्व बढाउने काम ग¥यो । आशङ्कामा अनेकौं मुसलमान दमनका शिकार भए । पश्चिमा जगत्बाट आलोचित श्रीलङ्का अब इस्लामिक विश्वबाट पनि आलोचित हुन पुग्यो । विश्व समुदायबाट एक्लिएको श्रीलङ्कालाई तत्काल कसैको सहयोग, समर्थन र सद्भावको आवश्यकता थियो । त्यस्ता निरङ्कुश एवं क्रूर शासक जो विश्व समुदायबाट एक्लिएको अवस्थामा रहेको हुन्छ र त्यहाँ व्यापारिक कारोबारको निम्ति अवसर रहेको हुन्छ, त्यस्ता देशको शासकसित मित्रता कायम गर्न चीन कञ्जुस्याइँ गर्दैन । विश्वकै सर्वाधिक व्यस्त समुद्री मार्गको नजीक आफ्नो रणनीतिक वर्चस्व कायम राख्न चीनले श्रीलङ्काका शासकलाई आफ्नो समर्थन दिन थाल्यो ।

चीनले महिन्द्रा राजपाक्षेको कमजोरी तथा महŒवाकाङ्क्षाबाट लाभ उठाउने काम ग¥यो र युद्ध अपराधको आरोपको सामना गरिरहेको राजपाक्षेको सुरक्षा कवचको रूपमा संयुक्त राष्ट्रसङ्घमा आफूलाई प्रस्तुत गर्ने काम ग¥यो । यसपछि त श्रीलङ्काका अधिकांश पूर्वाधार निर्माणका परियोजजनाहरू चीनले हात पार्दै गयो साथै राजपाक्षे परिवारको राजनीतिक विरासतको प्रतीकको रूपमा रहेको गृहजिल्ला हम्बनटोटाको विकासमा सहयोग गर्न थाल्यो । सुनसान ठाउँमा विमानस्थल निर्माण, त्यस ठाउँको जनसङ्ख्याभन्दा बढी दर्शक अटाउने क्रिकेट स्टेडियमको निर्माण आदिमा चीनले ऋण लगानी गर्न थाल्यो । १४० करोड डलरमा बन्दरगाहको निर्माण त चीनले ग¥यो तर ९९ वर्षको निम्ति लिजमा पनि लिने काम ग¥यो । किनभने श्रीलङ्का सरकार चाहेर पनि यसको उपयोग गर्न सकिरहेको थिएन । चिनियाँ ऋणबाट बनेको सर्वाधिक महँगो पोर्टसिटी १३ अर्ब डलरको परियोजना हो, जो श्रीलङ्काको नजीक नै रहेको छ ।

राजपाक्षे परिवारलाई ऋण सङ्कटको अनुमान थिएन । चीनसित लिएको ऋणको शर्त कहिल्यै सार्वजनिक गरिएन । कोरोना महामारीभन्दा ठीक पहिले करमा कटौतीले प्रमुख आर्थिक स्रोत पर्यटन क्षेत्र तथा कपडाको निर्यात प्रभावित हुन गयो । रूस–युक्रेन युद्धले उसलाई इन्धन सङ्कटसहित आर्थिकरूपले थला पार्ने काम ग¥यो । गम्भीर आर्थिक सङ्कटमा परेको बेला चीनले सहयोग गर्नुको साटो आफ्नो बकाया ऋणको ताकेता गर्न थाल्यो । आफतको बेला भारतले ४ अर्ब डलर सहायता ग¥यो । परिवारवाद, निरङ्कुशता, अवसरवाद र भ्रष्टाचारले अपेक्षाकृत राम्रो देशलाई पनि बर्बाद गर्न सक्दछ तथा बलियोभन्दा बलियो शासक पनि देश छोड्ने अवस्था आउन सक्दछ । बहुसङ्ख्यक जनताको भावनात्मकरूपमा शोषण गर्ने राष्ट्रवाद अन्ततः हानिकारक नै साबित हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here