- श्रीमन्नारायण
चरित्रको सङ्कट, विश्वासको सङ्कट र नेतृत्वको सङ्कट (राजनीतिका त्रिदोष) नै नेपालको वर्तमान सम्पूर्ण समस्याको जननी हो । वैचारिक विचलन भएपछि व्यक्ति अथवा सङ्गठन कमजोर एवं निस्सहाय हुन पुग्दछ । यस्तो अवस्थामा वैदेशिक हस्तक्षेपको सम्भावना बढ्दै जान्छ । गुरु पूर्णिमाको साइत पारेर चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण यसको ज्वलन्त उदाहरण हो । आलोपालो गरी नेपालका वामपन्थी दलका नेताहरूसित उनको भेटघाटको निहितार्थ प्रस्ट नै छ, आउँदो सङ्घीय र प्रादेशिकसभा निर्वाचनमा कम्युनिस्टहरू एकजुट भएर चुनावमा भाग लिनु । सम्भव भए पुनः नेपाल कम्युनिस्ट पार्टीलाई ब्युँताउने तर त्यो सम्भव नभए कम्तीमा पनि वाम गठबन्धनको निर्माण गर्नु नै चीनको चाहना रहेको देखिन्छ । चुनावभन्दा ठीक अघि सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीका नेताको यसरी नेपाल भ्रमण हुनुलाई संयोग मान्न सकिंदैन । यो सुनियोचित रूपमा भएको छ । नेपालका कम्युनिस्ट पार्टीबीच एकता सहकार्य गराउने हिसाबले भएको उनको यस भ्रमणको निन्दा मात्रै गर्न सकिन्छ । यो एक किसिमले हस्तक्षेप नै हो । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचेनको नेपाल भ्रमणको अर्को उद्देश्य बिआरआई परियोजनाको कार्यान्वयनलाई बल दिनु हो । बिआरआईका परियोजनाहरू बढोस् भन्ने चाहना नेपालको उत्तरी छिमेकीको रहेको देखिन्छ ।
आखिर पटक–पटक नेपालका वामपन्थीलाई शिक्ष्Fा–दीक्ष्Fा दिन किन उत्तरी छिमेकीको दूतलाई नेपाल आइराख्नुपर्छ ? चीनले लामो समयसम्म डेंग जियाओजिंगको लो प्रोफाइल कायम गर्ने नीति अवलम्बन ग¥यो । मौन बसेर शक्ति आर्जन गरिरहने र आफ्नो स्वार्थमा मात्र चासो देखाउने चिनियाँ शैलीको युगको अन्त्य भइसकेको छ । कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको चीन, बिआरआई, एशियाली पूर्वाधार विकास बैंक, सङ्घाई सहयोग सङ्गठन आदिमार्फत मुखर भइरहेको छ र आर्थिक र सामरिक दुवै दृष्टिले वुल्फ–वारियर डिप्लोमेसी भनिने आक्रामक कूटनीतिको प्रभाव नेपालसम्म आइपुगेको छ । एक हदसम्म चिनियाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण आफ्ना स्वार्थ नमिल्ने विश्वलाई घृणा गर्ने राष्ट्रवादमा आधारित छ । नेपाली नेताहरूले सहज स्पेस दिएकै कारण नेपालमा चीनको अति सक्रियता बढेको हो । एमाले र माओवादीको एकीकरण र विवाद साम्य पार्न चीनको भूमिका देखिनेगरी सतहमा आयो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का नेता कुअ या यचौ चिनियाँ दूत बनेर नेपाल आएका थिए । उनै यचौ नेकपा विवाद उत्कर्षमा पुगेको बेला १२ पुसमा पनि बेइजिड्ढो विशेष दूतको रूपमा विवाद मिलाउन काठमाडौं ओर्लिए, तर उनको प्रयास सफल हुन सकेन ।
कन्फुसियसकालीन मान्यताले समाजसम्मै जरो गाडेको चीनमा राष्ट्रवाद र संस्कृतिप्रति एक किसिमको अभिमान पनि छ । त्यसैको प्रभाव हुन सक्दछ, चीन जहिल्यै आफूप्रति वफादारिताको सुनिश्चितता खोजिरहन्छ । त्यसैले एक चीन नीतिको नारा सधैं दोहोरो¥याउनुपर्छ । एकचोटी आश्वासन दिएर पुग्दैन । आफ्नो आलोचना सुन्न अनिच्छुक चिनियाँ सत्ताको शैलीको प्रतिविम्ब समय–समयमा देखा पर्ने गर्दछ । नेपालका कुनै लेखक अथवा पत्रकारले चीनको विरोधमा समाचार लेखेलगत्तै पश्चिमा समर्थकको आरोप लगाई आलोचना गर्ने गर्दछ । नेपाली काङ्ग्रेसका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत वर्ष नेपाल–चीन सीमा विवादका विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भारतीय र अमेरिकी स्वार्थमा उनले विवाद झिकेको भन्ने तिखो आलोचना ग¥यो जबकि उपरोक्त दुईवटै देशलाई यससित कुनै वास्ता नै थिएन, किनभने यो त नेपालको सिमानाको विषय थियो र स्थलगतरूपमा देखेको कुरा लेख्ने काम भएको थियो । काठमाडौंस्थित चिनियाँ दूतावासले पनि नेपाली काङ्ग्रेसलाई खेदसहित पत्र पठाएको थियो । आफूलाई अप्ठ्यारो पर्ने कुरालाई कार्पेटमुनि नै राख्न चाहने शैली भएकोले हुन सक्छ, नेपालसँगको सीमा विवादको विषयमा सुन्न र छलफल गर्नै चाहँदैन, चीन ।
छिमेकीप्रति सद्भावसहित तटस्थ हुनुपर्नेमा यहाँको ठूलो जनमत प्रो–चिनियाँ नै बन्न पुगेको छ । परिणामस्वरूप चीनप्रति आलोचनात्मक दृष्टिकोण सीधै पश्चिमाद्वारा पोषित तथा स्वतन्त्र तिब्बतको पक्षधर घुसपैठियाका रूपमा कलङ्कित गर्ने गर्दछ । चीनलाई गुण–दोष दुवै भएको छिमेकी भन्ठान्नुसट्टा तख्तामा नै राखेर अति सम्मान गरेका कारण उत्तरतिरको सम्बन्धमा हाम्रो स्वाभिमान र आत्मसम्मान घुँडा टेक्ने तहमा पुगेको छ । चीनका लागि नेपाल प्राथमिकताको देश होइनस आर्थिक, राजनीतिक र सामरिक कुनै पनि दृष्टिकोणले ऐतिहासिक कालदेखि नै नेपालमा चीनको उपस्थिति उसको वास्तविक प्रभावभन्दा ठूलो देखिनेगरी चित्रण हुँदै आएको छ । चीनको सदाशयतालाई अतिरञ्जित रूपमा पस्किने काम हुँदै आएको छ । ठूला दुई महाशक्तिबीच अवस्थित नेपालले सन्तुलन कायम राख्नु आवश्यक छ तर नेपालमा चीनको चाहिनेभन्दा बढी देवत्वकरण गर्ने काम हुँदै आएको छ । अब यो नागरिकस्तरसम्म पुगेको छ ।
चीनको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को सिद्धान्तलाई आयात गरेका नेपााली राजनीतिक दलहरू (वामपन्थी)ले निर्माण गरेको तिलस्मी भाष्यले धेरैलाई भूलभुलैयामा पारिदियो । त्यसैले नेपालको प्रत्येक राजनीतिक परिवर्तन र आर्थिक विकासमा सहयोगी रहेको भारतको छवि खराब छिमेकी बने पनि नेपाली समाजमा चीनप्रतिको अनुराग असामान्य बन्न पुग्यो । नेपालको राष्ट्रियता भारतविरोधी मानसिकतामा आधारित रहेकोले यस्तो भएको हो । नेपाली राष्ट्रवादको चासो चिनियाँ स्वार्थको रक्ष्Fासँग जोडिने गरेको छ । एमसिसी परियोजना कार्यान्वयन नहोस् भन्ने चाहना चीनको थियो । शुरूमा नेपालका वाामपन्थी दलहरूले यसको चर्को विरोध गर्दागर्दै सार्वजनिकरूपमैं भन्न पनि पुगे कि एमसिसी चीनविरुद्ध लक्षित भएकोले यसलाई स्वीकार गर्नुहुँदैन । एमसिसी सम्झौताबाट नेपाललाई केकति घाटा छ ? यसबारे तिनलाई चिन्ता थिएन, नेपालका वामपन्थी राष्ट्रवादीहरू चीनको चिन्ताबाट बढी चिन्तित थिए । अर्थात् देशको स्वार्थको जगेर्ना हुन्छ कि हुँदैन हेर्नुको सट्टा नेपालमा चीनको स्वार्थ रक्ष्Fा हुन्छ कि हुँदैन हेर्ने जनमत तयार पार्ने काम भयो ।
दुई देशको सीमा नाकामा त चिनियाँकै दबदबा रहँदै आएको छ । २०७२ सालमा आएको भूकम्पका कारण बन्द उत्तरी नाका आजसम्म चालू हुन सकेको छैन । चीनमा अध्ययनरत छात्रहरू कोभिड–१९ का कारण नेपाल आएपछि अब चीन तिनलाई बाँकी पढाइ गर्ने अनुमति दिइरहेको छैन । उत्तरी नाका बन्द भएका कारण नेपालको निर्यात व्यापार सात वर्षदेखि ठप्प छ । चीनले आफ्नो इच्छा अनुसार मात्रै आयात गर्ने गर्दछ । काठमाडौंसँग नियमित हवाई उडान पनि सहज भएको छैन तर पनि नेपालका वामपन्थीहरूका निम्ति चीन दोषरहित नै मुलुक हो । नेपालका वामपन्थी दलका नेता–कार्यकर्ताहरू वर्षमा एकपटक चिनियाँ कम्क्युनिस्ट पार्टीका नेताहरूसित प्रशिक्ष्Fण लिंदै आएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिड्ढो विचारधाराका पुस्तकहरू नेपालका वामपन्थी दलका कार्यालयहरूमा पनि पाउन सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण नेपालका वामपन्थी दलबीच एकता र सहकार्य गराउने उद्देश्यले नै भएको हो । लाग्दछ नेपालका वामपन्थी दलहरू चिनियाँ कम्युनिस्ट पार्टीका विदेशमा सञ्चालित भातृ सङ्गठन मात्रै हुन् । होइन भने पटक–पटक निर्देशन, सुझाव र सल्लाह दिन किन नेपाल दगुर्ने काम हुन्छ ।