बलिराम शुक्ला, बिरुवागुठी, २६ असार/

पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक प्राविधिक शिक्षालय, पकडिया, बडनिहारले आइतवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यालय गुणस्तर सुधार परियोजना दोस्रो कार्यक्रम अन्तर्गत विद्यालयलाई आएको दोस्रो किस्ता रकम रु ४१ लाख ८९ हजार ७१५ को खर्च विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक गरिएको थियो।

कृषि भेटेरिनरी प्राविधिक शिक्षालयका प्रमुख तपेश्वरप्रसाद यादवले मेशिन तथा औजारहरूको आधुनिकीकरणतर्फ छ लाख, ससाना मर्मत तथा निर्माण खर्चतर्फ सात लाख २५ हजार, शैक्षिक सुधार तथा प्रशिक्षार्थी शिक्षक–कर्मचारीहरूलाई तालीम अध्ययन अवलोकन भ्रमण खर्च १६ लाख ९० हजार, अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापन खर्च ११ लाख सात हजार ५२१ गरी कुल ४१ लाख २२ हजार ५२१ रुपियाँको खर्च विवरण तथा प्रगति विवरण सार्वजनिक गरेका थिए।

जनता माध्यमिक प्राविधिक शिक्षालयको आयोजना र विद्यालय गुणस्तर सुधार परियोजना दोस्रो, काठमाडौंको सहयोगमा भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले गरेका थिए।

कार्यक्रममा पर्सागढी नगरपालिका–३ का अध्यक्ष सुकमान तामाङ, विद्यालयका प्रअ मोहनप्रसाद चौधरी, शिक्षक, वडा प्रतिनिधि, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here