नरेश यादव, पर्सागढी, २६ असार/

जीतपुरसिमरा उपमहानगरपालिका–७ अन्तर्गत बकुलिया सडक ढलान कार्यको वडाध्यक्ष सुनीलकुमार गुप्ताले निरीक्षण गरेका छन्।

प्रदेश सरकारको रु ५० लाखको लागतमा उपभोक्ता समितिले निर्माण गरिरहेको सो सडकको २२३ मिटर लम्बाइ र २३ मिटर चौडाइ सडक ढलान कार्य भइरहेको छ।

उपभोक्ता समितिका अध्यक्ष कृष्ण श्रीवास्तव, कोषाध्यक्ष सञ्जु देवी, सचिव सुरेन्द्र रौनियारलगायतको निगरानीमा सडकको ढलान कार्य भइरहेको छ। जीतपुरको मुख्य सडकसँग जोडिएको यो सडक बकुलिया हुँदै कलैयासम्म जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here