जनकपुरधाम, २६ असार/रासस

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचारा, सुख र शान्ति अभिवृद्धि होस् भन्ने कामना गरेका छन्।

उनले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मधेस प्रदेशसहित मुलुकमैं भाइचारा, सुख र शान्ति अभिवृद्धि होस् भन्ने कामना गरेका छन्।

सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै मुख्यमन्त्री गद्दीले बकर इद पर्वको अवसरमा प्रदेश सरकारले असार २६ गते वार्षिक ‘क्यालेन्डर’मैं सुनिश्चित गरी बिदासमेत दिएको उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here